‘पहिलो चोटि चिट काट्दा हात काम्यो’

‘पहिलो चोटि चिट काट्दा हात काम्यो’

के छ हालखबर, सर?

आरामै छु। 

घर कता पर्‍यो यहाँको?

बझाङ।

यता कता बसिन्छ?
काठमाडौँ, कपनमा बस्छु।
 
परिवार कता हुनुहुन्छ?
परिवार पनि यतै काठमाडौँमै छ।

को–को हुनुहुन्छ परिवारमा?
बुबा, श्रीमती र छोराछोरी।

कति वर्षका भए छोराछोरी?
छोरा १५ र छोरी १० वर्षकी भई।  
  
ट्राफिक प्रहरी बन्नुभएको कति वर्ष भयो?
१० वर्ष।

यी १० वर्षमा कहाँ–कहाँ ड्युटी गरियो?
कालीमाटी, कोटेश्वर, कंलकी, बौद्ध, सुकेधारा, कपन आदि ठाउँमा गरेको छु।

धेरै ठाउँमा ड्युटी गरिसक्नुभएछ। काम गर्न कता सहज लाग्यो?
कपन र सुकेधारामा सहज लाग्यो। 

त्यता किन सहज लाग्यो?
त्यहाँ अरू ठाउँभन्दा धुलोधुँवा र गाडीको चाप कम हुन्छ। 

एक ठाउँबाट अर्को ठाउँमा ड्युटी गर्दा कस्तो लाग्छ?
पहिला–पहिला त दुःख लाग्थ्यो। एक ठाउँबाट अर्कोमा नपठाए नि हुन्थ्योजस्तो लाग्थ्यो। अब त बानी परिसक्यो। जहाँ भए पनि ठीकै लाग्छ। 

बौद्ध एरियामा के समस्या देख्नुभएको छ?
चाबहिलदेखि चुच्चेपाटीको बाटो खत्तम छ, बाटोभरि खाल्डाखुल्डी छन्। जसले गर्दा जाम बढी लाग्छ र त्यो जाम खुलाउन हम्मे–हम्मे पर्छ। बौद्ध र जोरपाटीमा पनि बाटोको हालत उस्तै छ। 

पहिलो दिन सडकमा काम गर्दाको अनुभव कस्तो रह्यो?
पहिलो दिन त अप्ठ्यारो लागेको थियो। सिटी बजाउँदा लाजले भुतुक्कै भएँ। सिटी बजाउनै नपरे हुन्थ्योजस्तो लागेको थियो। पहिलो दिन कारबाहीमा परेका चालकलाई चिट काट्दा हात कामेका थिए। डर पनि लागेको थियो। 

बौद्ध एरियामा कस्ता खाले चालक बढी कारबाहीमा पर्ने गर्छन्?
मापसे, ओभर स्पिडमा चलाउने र नो पार्किङमा पार्क गर्नेहरू कारबाहीमा पर्ने गरेका छन्। 

जथाभावी पार्क गरिएका गाडीलाई के गरिन्छ? 
चार पांग्रेमा ह्विल लक लगाइन्छ। दुई पांग्रेमा चेन बाँधिन्छ। 

दिनमा कति सवारी चालक कारबाहीमा पर्छन्?
एक दिनमा १ सय ५० देखि दुई सयसम्म। 

बिनालाइसेन्स सवारी चलाउने पनि छन्?
थुप्रै छन्। उनीहरू हाम्रो आँखा छल्न खोज्छन्।
 
उनीहरूलाई के कस्तो कारबाही गरिन्छ?
एक हजार रुपैयाँ जरिवाना लाग्छ र सवारी साधनलाई होल्ड गरेर राखिन्छ। सम्बन्धित मान्छे आएपछि मात्र सवारीसाधन पठाइन्छ। 

ट्राफिक प्रहरीलाई काम गर्न के कुराले असहज बनाएको छ?
दुई पांग्रे सवारी चालकले लेन मेन्टन गर्दैनन्। ट्याक्सीहरूले पनि जथाभावी पार्किङ गर्छन्। 

अहिले ट्याक्सी हाउ मचमा पर्छन् कि पर्दैनन्?
किन नपर्नु? अहिले पनि दिनमा छसात वटा त परेकै हुन्छन्। 

‘बाटो कटाइदिनुस’ भन्दै सहयोग माग्नेहरू कत्तिको भेटिन्छन्?
अशक्त, बूढाबूढी र स्कुले केटाकेटीले सहयोग माग्ने गर्छन्। 

कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
रहरले यो पेशामा आएको हुँ। टक्क ट्राफिक प्रहरीको ड्रेस लगाएर बाटोमा काम गर्ने रहरले यहाँ पु¥याएको हो। कामबाट एकदमै सन्तुष्ट छु। यो काम, कामभन्दा पनि सेवाजस्तो लाग्छ। 

प्रस्तुति : अन्नपूर्ण सम्पूर्णका लागि आशक्ति फुयाल ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.