भारतीय क्रिकेटर धोनीको जन्मदिन मनाउन वीरगन्जमा रक्तदान

भारतीय क्रिकेटर धोनीको जन्मदिन मनाउन वीरगन्जमा रक्तदान

वीरगन्ज :  भारत इङ्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । उपाधि दाबेदार भारतीय क्रिकेट टोलीका महत्वपूर्ण एक सदस्य हुन् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी। पछिल्ला दुई खेलमा गतिलो प्रदर्शन गर्न नसकेको भनी भारतमा पूर्व कप्तानसमेत रहेका धोनीको आलोचना भइरहेको छ । 

नेपालमा भने यिनै महेन्द्रसिंह धोनीको जन्मदिनमा रक्तदान कार्याक्रम गरिएको छ । उनको ३८औं जन्मदिनको उपलक्ष्यमा शनिबार वीरगन्जमा नेपाली युवाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । 

घण्टाघर चोकमा ‘मिस्टर धोनी फ्यान्स क्लब वीरगन्ज’ले आयोजना गरेको रक्तदान कार्यक्रममा चार महिलासहित ६१ जनाले रगतदान गरेको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अविन्द सिंहले जानकारी दिए ।  धोनीको जन्म दिनको उपलक्ष्यमा आयोजि कार्यक्रममा रगत दान गर्नेहरु सबै युवा युवती नै रहेको सचिव सिंहले बताए ।  ती मध्ये अधिकांशले धोनीको जन्मदिनका उपलक्ष्यमा आयोजना गरिएका कारण पहिलो पटक रगतदान गरेको बताए ।

शनिबार बिहान घण्टाघर चोकमा धोनीको जन्मदिनको उपलक्ष्यमा नेपाली युवायुवतीले रक्तदान कार्यक्रमको आयोजना गरेको खबर सामाजिक सन्जालमा देखेपछि सीमावर्ती भारतीय बजार रक्सौलबाट पनि धोनीका समर्थकहरु रगत दानका लागि घण्टाघरमा पुगेका थिए । 

‘एमएस धोनीको म क्रेजी फयान हुँ’ रक्तदान कार्यक्रममा पुगेर रगतदान गरेका रक्सौलका सुरज गुप्ताले भने–‘भारतीय टिमका खेलाडीको बर्थडेमा नेपालमा रक्तदान कार्यक्रम भइरहेको खबर फेसबुकमा देखेपछि मन थाम्नै सकिँन अनि आएर रगत दान गरेको हुँ’ ।‘खेलाडी कुनै एक देशको मात्र हुँदैन , त्यसमा पनि धोनी त संसारकै लोकप्रिय खेलाडी हुन्’ मिस्टर धोनी फ्यान्स क्लब वीरगन्जका अध्यक्ष विक्की सर्राफले भने–‘विश्वप्रसिद्ध क्रिकेटर धोनीको जन्मदिनमा रक्तदान जस्तो समाज सेवाको कार्यक्रम गर्न पाउँदा हामी धेरै खुसी छैाँ।’

 रक्त सन्चार केन्द्र वीरगन्जमा रगतको अभाव भइरहेका बेला नेपाली युवायुवतीले रक्तदान कार्यक्रम गरेर सामाजिक कार्यमा अग्रसरता देखाउनु प्रशंसनीय रहेको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अविन्द सिंहले बताए ।   

भारतीय क्रिकेटर धोनीको जन्म दिनकै उपलक्ष्यमा आइतवार वीरगन्ज बजारमा ¥याली निकालेर माइस्थान पार्कमा केक काटेर जन्मोत्सव मनाउने कार्यक्रम पनि रहेको मिस्टर धोनी फयान्स क्लब वीरगन्जका अध्यक्ष विक्की सर्राफले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.