वेस्ट च्याप्टर प्रेसिडेन्ट अवार्ड अधिकारीलाई

वेस्ट च्याप्टर प्रेसिडेन्ट अवार्ड अधिकारीलाई

न्युयोर्क : एनआरएनए अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी वेस्ट च्याप्टर प्रेसिडेन्ट अवार्डबाट सम्मानित भएका छन्। 

सबैभन्दा कान्छो उमेरका निर्वाचित एनआरएन नेता हुन् उनी। नेपालको धादिङ जिल्ला फूलखर्कमा जन्मिएका अधिकारी ८ वर्षअघि अमेरिका आएका थिए। यसबीच उनले ६ वर्ष एनआरएन अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनले नेपालमा इन्जिनियरिङमा डिप्लोमा गरेर डेनमार्क हुँदै अमेरिका आएका हुन्।

दोस्रो कार्यकालका लागि निर्वाचित अधिकारीलाई अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेको भन्दै सम्मानित गरिएको हो। उनले न्युयोर्क च्याप्टरमा यसअघि एक कार्यकाल सचिव त्यसपछि अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। न्युयोर्क क्षेत्रका सयभन्दा बढी संघसंस्था एकीकृत गर्दै सफल नेतृत्व गरेका उनी सम्मानको जस केन्द्रीय कार्यसमितिलाई दिन्छन्।

सवारीचालक अनुमतिपत्रको निवेदन नेपालीमा दिन पाउने व्यवस्था, अस्पतालमा नेपालीमा सूचना पाटी राख्ने मात्र होइन नेपालको सर्वोच्च शिखर सगरमाथाको नामबाट सडकको नामकरण गर्नेसम्मका कामको नेतृत्वदायी भूमिका अधिकारीले निर्वाह गरेका थिए। 

न्युयोर्क अध्यागमनका हिसाबले लचिलो भएकाले पनि कागजपत्र बनाउन धेरै नेपाली यहाँ बस्छन्। ‘टीपीएसका लागि खुला नवीकरण कार्यक्रम, टीपीएस लम्ब्याउन निर्वाचित पदाधिकारीलाई दबाब, वर्क परमिट, ग्रिनकार्डमा आइपर्ने समस्या समाधानका लागि कानुनविदहरु समक्ष पुराउने काम गर्न हामीले सकेका छौं’, अधिकारी भन्छन्, ‘न्युयोर्कमा यस्ता समस्या दैनिकजसो हुन्छन्।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.