चिर्पटले हानेर भतिजाले गरे काकाको हत्या
जाजरकोट : चिर्पटले हानेर जाजरकोटमा भतिजले काकाको हत्या गरेका छन्। भेरी नगरपालिका-१३ कुदु निवासी ३५ वर्षीय मानबहादुर सुनारले आफ्नै काका ४५ वर्यीय मोहन सुनारको हत्या गरेको प्रहरीले जनाएको छ।
मानबहादुरकी भाउजु नाता पर्ने गीता सुनारको घरमा हत्या भएको हो। प्रहरीका अनुसार दुवैजना मदिरा सेवन गरेको अवस्थामा आपसमा विवाद हुँदा भतिज मानबहादुरले काका मोहनलाई चिर्पटले हानेर हत्या गरेका हुन्।
बुधबार बिहान १ बजेतिर टाउकोमा चिर्पट प्रहार गर्दा घटनास्थलमै मोहनको मृत्यु भएको प्रहरी निरीक्षक केशर कार्कीले बताए। प्रहरी चौकी कुदुले हत्या अभियोगमा मानबहादुरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)