बाढीले भब्सी खोलाको पुल बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध (तस्बिरसहित)
महोत्तरी : पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको भब्सी खोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
शुक्रबार राती करिब १२ बजे बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।








प्रतिक्रिया दिनुहोस !
३