मकवानपुरमा बाढी पहिरो : दुईको मृत्यु, ९२ जनालाई सुरक्षित स्थानमा सारियो

मकवानपुरमा बाढी पहिरो : दुईको मृत्यु, ९२ जनालाई सुरक्षित स्थानमा सारियो

हेटौंडा : बाढी र पहिरोको कारण मकवानपुरमा दुई जनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० नामटारस्थित डुड खोलाले बगाउँदा स्थानीय करिब ५५ वर्षीय सानुकान्छा सुनारको मृत्यु भएको हो। 

शुक्रबार साँझ ५ बजे खोलामा आएको बाढीले बगाएका सुनारको शव शनिबार बिहान ७ बजे भेटिएको वडा नम्बर १० का वडाध्यक्ष मानिक लाल मोक्तानले बताए। ‘खोलाले बगाएको ठाउँभन्दा करिब १० मिटर तल ढुङ्गाको कापमा च्यापिएको अवस्थामा सुनारको शव फेला परेको हो’, उनले भने। 

शुक्रबार दिउँसो जिल्लाको उत्तरी थाहा नगरपालिका वडा नम्बर ३ मा महाभीर खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीय छोरी सन्तमाया बलामीको मृत्यु भएको थियो। मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी बेपत्ता भएकी स्थानीय तारामाया पाख्रिनको शुक्रबार साँझ सात घण्टापछि जीवितै उद्धार गरिएको हो। खुट्टा र टाउकोमा चोट लागेकी उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचारको लागि लगिएको कैलाश गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छेकु लामाले बताए। 

त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी सडक सुचारु 

वर्षातको कारण अवरुद्ध त्रिभुवन राजपथको मकवानपुर खण्ड र हेटौंडादेखि कुलेखानीसम्मको सडक सुचारु भएको छ। हेटौंडाबाट करिब ७ किमि उत्तरमा रहेको भीमफेदी १ भैँसेस्थित बागझोरा खोलाको बाटो आज बिहानैबाट सुचारु भएसँगै त्रिभुवन राजपथको मकवानपुर खण्ड र हेटौंडा कुलेखानी काठमाडौं छोटो मार्गको कुलेखानीसम्मको सडक सुचारु भएको मकवानपुर प्रहरीले जनाएको छ। 

कुलेखानीबाट काठमाडौं जाने सिस्नेरी र फाखेल सडकखण्डमा भने पहिरोका कारण सडक सुचारु गर्न नसकिएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए। ‘फाखेलको सडक आज साँझसम्म खुल्नसक्छ, बाटो खुलाउने प्रयास भइरहेको छ’, उनले भने। 

यता ५ दिननदेखि बन्द रहेको कान्ति लोकपथ खुलाउन भने अझै केही दिन लाग्ने मकवानपुर प्रहरी प्रमुख सिंहले जानकारी दिए। अविरल वर्षा र बाढीले मकवानपुरको पूर्वी र पश्चिमी क्षेत्रसँगको सडक सम्पर्क टुटेको छ। 

९२ जनालाई सुरक्षित स्थानमा सारियो 

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ को माथिल्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। माथिल्लो दमारमा घरमाथि र घरमुनिबाट पहिरो गएपछि १८ परिवारका ९२ जना बिचल्लीमा परेका थिए। 

हेटौंडको कर्रा खोलामा आएको बाढी।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले लगातार ८ घण्टाको प्रयासपछि शुक्रबार साँझ उनीहरुलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। ‘उनीहरुमध्ये कतिपय आफन्तकोमा बसेका छन् भने अरुलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा भीमफेदीको कार्यालयमा राखिएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.