कमलाको बाँधमा इन्जिनियरसहित ९ जना थुनिए
जनकपुरधाम : हुलाकी राजमार्गको निर्माणाधीन पुलको निरीक्षण गर्न कमला खोलाको तटीय क्षेत्रमा पुगेका इन्जिनियरसहित ९ जना थुनिएका छन्।
धनुषाको सखारा र सिरहाको बस्तीकट्टा गाउँपालिकाको बीचमा फसेका उनीहरुको उद्धार सफल हुन सकेको छैन। हुलाकी सडक आयोजनाका इन्जिनियर जामुन साहसहित ९ जना थुनिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कर्णेलले जानकारी दिए।
यता, कमला नदीको बाढीमा शुक्रबारदेखिनै घेरिएका सिरहा कल्याणपुर नगरपालिका-५ निर्दनाका सुक्देव दास, कंचन मंडल, रसिन्द्र दास, कुनाही महतो कुन्हायीकी श्रीमतीसहित पाँच जनालाई सकुसल उद्धार गरिएको छ।
त्यसैगरी कमला नगरपालिका हथमुन्डाका अमृत महतो, सन्तोखी सदा, रेश्मादेवी महतो, अनारदेवी सदालाई सशस्त्र प्रहरी टोलीले उद्धार गरेको जनाइएको छ।