जनताको तटबन्ध रातु खोलाले बगायो
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका—९, पशुपतिनगरस्थित रातु खोलामा जनता तटबन्धको बाँध कटानले भत्किएको छ। अविरल बर्षाका कारण रातुखोलामा जनताको तटबन्धको बाँध भत्किएको पशुपतिनगर डुबानमा पर्ने खतरा बढेको छ।
‘प्रत्येक वर्ष बालुवाको बाँध बाध्छन्, वर्षामा खोलाले बगाउँछ’, स्थानीय महेश्वर मण्डलले भने, ‘हाम्रो खेती योग्य जग्गा हरेक वर्ष कटान हुन्छ कसरी जीवनयापन गर्ने ?’
बर्दिबास नगरपालिका ९ का वडाध्यक्ष टेकवीर रखाल भन्छन्, ‘जनता तटबन्धका इन्जिनियर कुरा गर्न मान्दैनन् । लुकेर अनुगमन गर्छन् र बजेट पास गरिदिन्छन्।’
प्रतिक्रिया दिनुहोस !
३