बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

राजविराज : बाढीले प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेपछि सप्तरीवासी थप त्रसित बनेका छन्। घरमा पानी पसेर बस्न, सुत्न र खान समस्या भइरहेको बेला सर्पदंशको शिकार हुनुपरेपछि पीडितहरु झन् समस्यामा परेका छन्।

बाढीको समस्या झेलिरहेका बाढी पीडितहरु सर्पबाट त्रसित भएको तिलाठी कोइलाडी–५ का जुगत मुखियाले बताए। घर डुबानमा परेपछि कोशी उच्च बाँधमा पाल टाँगेर बस्न थालेको मुखियाको परिवार सर्प, बिच्छीजस्ता विषालु किराबाट त्रसित भएको छ। मुखियाजस्तै ५० वटा बाढी प्रभावित परिवार थप समस्यामा परेका छन्। 

सप्तरीमा वर्षासँगै आएको बाढीका कारण सर्पदंशका घटनामा अत्यधिक बृद्धि भएको अस्पतालको तथ्यांकले समेत देखाएको छ। बाढी प्रभावित क्षेत्रमा सर्पदंशका घटना अत्यधिक बढेपछि उपचारका लागि अस्पताल आउने सर्पदंशका विरामीको चाप पनि एकाएक बढेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ। 

सोमबार मात्रै अस्पतालमा पाँच जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव सन्तोष दासले बताए। अहेव दासका अनुसार सर्पले डसेर सर्पदंशका चार र बिच्छीले डसेर एक जना घाइते भई अस्पताल भर्ना भएका छन्। 

बाढीसँगै बगेर आउने सर्पले डसेर तिलाठी कोईलाडी गाउँपालिका–१ का ५० बर्षे रामकिसुन सदा, वडा–७ की ४६ वर्षे सिमादेबी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी २२ वर्षे मजिदन खातुन, राजविराज–१२ सिग्यौनका–३६ वर्षे रामकुमार यादव र बिच्छीले डसेर रुपनी–२ हरीरावाकी ५० वर्षे चन्द्रकला चौधरी अस्पताल भर्ना भएका छन्। 

सर्पदंशको उपचार हुने सर्पदंश उपचार केन्द्र कल्याणपुर, सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका साथै धरान, बिराटनगरमा समेत सर्पदंशका विरामीहरु लाने गरिएकाले संख्या दुई गुणा बढी हुन सक्ने अहेव दासको अनुमान छ।

बाढी पसेका गाउँमा सर्प दंशका घटना बढ्न थालेको पाइएको हो। बाढीपछि सर्पले मानिसलाई डसेर उपचारका लागि अस्पताल आउने विरामीहरुको संख्या एक्कासी बढेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार पाँच दिनयता वर्षासँगै आएको बाढीले सर्प जमिनको दुलोभित्रबाट बाहिर निस्कदा सर्पदंशका घटना ह्वात्तै बढेको छ। अस्पतालको तथ्यांकले विगत पाँच दिन यता सर्पदंशका २८ जना विरामी उपचारका लागि आएका छन्। 

वर्षा र बाढीअघि मुश्किलले साताको एउटा घटना आउने गरेकोमा पाँच दिन यता दिनकै पाँचदेखि सात वटासम्म विरामी आउने गरेको अहेव सन्तोष मेहताले बताए। तर, हालसम्म सर्पदंशबाट कसैले ज्यान गुमाउनु नपरेको उनी बताउँछन्। यसैबीच, सर्प दंशका घटना बढेपछि अस्पतालले एन्टी स्नेक भेनम नामक औषधि पर्याप्त मात्रामा राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.