बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी : बैतडीका ४ स्थानीय तहमा पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन्। 

विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चारओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका बताइएको छ। मुख्य गरेर चारवटा स्थानीय तहमा पहिरोका जोखिम अन्य ठाउँको तुलनामा बढी रहेको विपद् व्यवस्थापन योजना निर्माणमा संलग्न नेपाल रेडक्रस सोसाइटी  शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताए। 
‘जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा चार स्थानीय तहमा पहिरोको उच्च जोखिम छ। पाटन नगरपालिका बाहेक अन्य स्थानीय तह पनि पहिरोको मध्यम जोखिममा रहेका छन्’, उनले भने।

जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनले भने ‘जिल्लामा विभिन्न प्रकोपहरु पहिचान भएका छन्। सबैभन्दा बढी पहिरोको जोखिम छ। हामीले बाढी पहिरो तथा अन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएका छौं। सोही योजना अनुसार हामीले काम गरिहेका छौं। विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन हामीले सबै स्थानीय तहहरुलाई पनि पत्राचार गरेका छौं।’

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत लगायतका ठाउँ पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन्। ‘हामी बर्षौंदेखि पहिरोको मारमा परीरहेका छौं। पहिरोले बर्षेनी घरखेत बगाउँदै आएको छ। पहिरो रोकथामका लागि पनि त्यस्तो खासै योजना छैन्’, दोगडाकेदार ६ डोलका लोकेन्द्रबहादुर चन्दले भने,‘बर्षातको समयमा कतिखेर घर बग्छ भन्ने चिन्ताले सताउँछ।’

यस्तै जिल्लाको पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। उनले भने,‘विपद् व्यवस्थापन योजना निर्माण गर्ने बेला प्राप्त सूचना अनुुसार बैतडीमा पहिरोले धेरै क्षति पुर्याएको पाइएको छ। यसको रोकथाम र न्यूनीकरणका लागि योजना बनाएरअघि बढ्नु आवश्यक हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.