बाढीले बगाएको पुलमा बेलिब्रिज फिट (फोटो फिचर)
महोत्तरी : बाढीले बगाएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भप्सी पूलमा ‘बेलीब्रिज’ जडान गर्न थालिएको छ।
चार दिनअघि भप्सी खोलाको पुल बाढीले बगाएको थियो। पुलमा सिरहाको लहानबाट बेलिब्रिजको सामग्री ल्याएर जडान गर्न सुरु गरिएको डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख विनोद कुमारले जानकारी दिए। ‘सात दिनभित्र बेलिब्रिज बनाइसक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘राजमार्गको पुल बाढीले बगाउनु हाम्रो लागि ठूलै विपत्ती हो।’
‘बाँकी रहेको दुवैतिरको पुलको पिलर कमजोर छ। त्यसैले बेलिब्रिज ५० मिटरकै तयार गर्न लागेका छौँ,’ उनल भने। बेलिब्रिज जडान गर्न विज्ञको टोली काठमाडौं र बाराको सिमराबाट आएको छ। डिभिजन सडक कार्यालय जनकपुरले भप्सी खोलाको दक्षिणपट्टी वैकल्पिक बाटो बनाएर यातायात संचालनमा ल्याएको छ।
एकतर्फी बाटो सञ्चालनमा ल्याए पनि यातायात आवतजावतमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका इन्सपेक्टर प्रकाशबहादुर सिंहले बताए।



प्रतिक्रिया दिनुहोस !