रातुखोला किनारका बासिन्दाको पीडा : मध्यरातमा भागेर बाँचियो

रातुखोला किनारका बासिन्दाको पीडा : मध्यरातमा भागेर बाँचियो

जनकपुर : गत शनिबार मध्यरातमा लालगढको सुनौलो बस्तीका अधिकांश घरभित्र बाढी पसेपछि गाउँमा भागाभाग नै मच्चियो । धेरैले भागेरै ज्यान जोगाए ।

खोलामा पानीको बहाव कम भएपछि भने उनीहरु घरमा बस्न थालेका छन् । तै पनि मनबाट त्रास त हटेको छैन । बाढी फेरि आउने डरले गाउँलेहरु निदाउनै नसक्ने बताउँछन् ।

खोलामा पानीको बहाव बढ्यो कि भाग्न तयार छन् उनीहरु । केही दिनयता त खोलामा पानीको बहाव हेर्न गाउँमा पालो नै लगाएको बताउँछिन् स्थानीय रितामाया खप्तरी मगर । ‘खोलो हेर्यो अनि रात काट्यो,’ उनले गुनासो गरिन्, ‘रातु खोलाको बाँध फुट्न लागिसक्यो । बाढी आउँदा १० जनाको परिवार कसरी जोगाउने चिन्ता हुन्छ।’

लालगढ सुनौलो बस्तीका बासिन्दाको गुनासो के छ भने, सरकारले क्रसर बन्द नगराउँदा, बाँध मर्मत नगर्दा बाढीले यसरी वितण्डा मच्चायो । लालगढ सुनौलो बस्तीकी गीता श्रेष्ठ भन्छिन्, ‘हामीले रोक्दा रोक्दै बाँध नजिकबाटै बालुवा, गिट्टी झिकियो । गुनासो पनि गरियो तर निसाफ भएन ।’

अविरल वर्षासँगै खोलाको बाढीले बाँध कटान गर्दा गाउँ नै बग्ने खतरा देख्छन् उनीहरु । महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु खोलाले वर्षासँगै पूर्वी बाँध कटान गरेको छ ।

क्रसरवलाहरुले मापदण्ड विपरित रातु खोला खन्दा तटबन्ध जोखिममा परेको थियो । अहिले सोही क्षेत्रमा बाढीले धमाधम कटान गरिरहेको छ । बाँध कटानसँगै धनुषाको लालगढस्थित सुनौलो बस्ती, महोत्तरीको बर्दिबास नगरपालिकोको किसानगर, पशुपतिनगरका हजारौं बासिन्दा बाढीको त्रासमा बाँचिरहेका छन् । स्थानीय जनप्रतिनिधिले पनि यस्तो गुनासो नसुन्ने गरेको बताउँछन् सुनौलो बस्तीका बासिन्दा ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.