एकै रात ११ लाख मुल्यका मोबाइल चोरिए

एकै रात ११ लाख मुल्यका मोबाइल चोरिए

राजविराज : चौबिसै घण्टा प्रहरी गस्ती रहने राजविराजको मुख्य बजारको पसलमा शनिबार राति चोरी भएको छ।राजविराजको मुख्य बजारमा रहेको मोकाजीम अन्सारीको मोबाइल पसलमा चोरी भएको प्रहरीले जनाएको छ।अन्सारीका अनुसार राति सटरको ताला फुटाएर चोरले नगदसहित साढे ११ लाख मूल्य बराबरको मोबाइल चोरी गरेको छ।

पसलमा रहेको नगद एक लाख ५० हजारसहित करिब १० लाख मूल्य बराबरको मोबाइल चोरी भएको अन्सारीले बताए। बिहान स्काई मोबाइल पसलको सटरको ताला खुल्ला अवस्थामा देखेपछि वरिपरीका अन्य व्यापारीले अन्सारीलाई खबर गरेका थिए।

चोरी भएको पसलदेखि जिल्ला प्रहरी कार्यालय एक सय मिटर दक्षिण र राष्ट्रिय बाणिज्य बैंकको प्रहरी बिटदेखि ५० मिटर उत्तर रहेको छ। चोरको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी मनोजकुमार यादवले बताए।

यसअघि जेठ ३१ गते राति राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयबाट ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगदसहित चोरी भएको थियो। त्यसअघि पनि जेठ ८ गते राजविराज ७ ग्लोबल कृषि तथा सहकारी हाट बजारमा ल्यापटप, नगदसहितका समान चोरी भएको थियो।रातको समयमा २४ सैं घण्टा प्रहरी गस्ती रहने मुख्य बजारमा चोरीको घटना बढेपछि स्थानीय व्यापारी त्रसित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.