भारतीय तिर्थालु बोकेको गाडी बर्दिबासमा दुर्घटना, २८ घाइते

भारतीय तिर्थालु बोकेको गाडी बर्दिबासमा दुर्घटना, २८ घाइते

बर्दिबास : भारतीय तिर्थालुहरु बोकेर गुडिरहेको ना ४ च १०९९ नम्बरकाे बोलेरो जिप दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

तिर्थालुलाई टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शन गराई फर्कने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरमा साेमबार दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रु भारतका दुई गाउँ सुरसन्ड सघारी र बखरीका बासिन्दा भएको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी महोत्तरीका प्रहरी जवान सागर दियालीका अनुसार द्रुत गतिमा गुडिरहेको जिप पूर्व–पश्चिम राजमार्गस्थित टुटेश्वर चोक नजिकै सडकबाट चिप्लिएकाे थियो ।

शनिबार नेपाल आएका भारतीय तिर्थालु सिन्धुलीको मेला भरेर बर्दिबासस्थित टुटेश्वरनाथ मन्दिर दर्शन गर्न पुगेका थिए । घाइते सबैजनाको अहिले बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचारमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.