बाढीपछि तराईमा सर्पको बिगबिगी

बाढीपछि तराईमा सर्पको बिगबिगी

बर्दिबास : सर्पले डसेर महोत्तरीको बर्दिबास २ का ४५ वर्षीय शिवनाथ महतोको असार ४ गते मृत्यु भयो।

वर्षाले छानो चुहिरहेको थियो। टाली मिलाउन छानोमा हात हालेका उनलाई सर्पले टोक्यो। उनी बर्दिबासस्थित राजमार्गको विश्वकर्मा चोकमा चिया पसल गरेर गुजारा चलाउँथे।

भब्सी खोलाको पुल बाढीले बगाएर यातायात अवरुद्ध थियो। बाढीले खोलाको वैकल्पिक बाटो बन्द थियो। उपचारका लागि उनी सर्लाहीको नवलपुरको सर्पदंश उपचार केन्द्र पुगे। तर उपचार सम्भव भएन। समयमा उपचार नपाउँदा उनले ज्यान गुमाए।

असार ३० गते रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको पनि विषालु सर्पको टोकाईबाट ज्यान गयो। बाढीसँगै आएको विषालु सर्पले डसेर उनको मृत्यु भयो।

असार २५ गते सर्पले डसेर अस्पताल भर्ना भएकी हरिवन नगरपालिका ९ कि अढाई वर्षीया सम्पदा बुढाथोकीको ज्यान गयो। बालिकालाई दुई ठाउँमा गोमन सर्पले टोकेको थियो।

वर्षाका कारण तराईका जिल्लामा सर्पको बिगबिगी बढेपछि स्थानीयवासी त्रसित छन्। असार २७ देखि साउन २ गतेसम्ममा प्रदेश २ का ८ जिल्लामा २४८ जना सर्पदंशको शिकार भएका इपीडीमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाका प्रकाश घिमिरेले जानकारी दिए।

‘सर्प बस्ने दुलोमा पानी भरिएर सर्प बाहिर निस्केको छ,’ जनस्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने, ‘वर्षाले डुबानको समस्या छ। मानिसहरू घरबारविहीन छन्। साता अघिदेखि पाल टाँगेर सडक, बाँध किनारमा रात काटिरहेका छन्। सर्पको बिगबिगी बढेको छ।’ रातमा बाहिर निस्कँदा टर्चलाइट लिएर मात्र निस्किन उनको सल्लाह  छ।

असार २७ देखि साउन २ गतेसम्ममा एक सातामा प्रदेशभरमा १५ जनालाई विषालु सर्पले टोकेको थियो। रौत्तहटको गौर अस्पतालमा एक र जनकपुर अञ्चल अस्पतालमा एकजनाको ज्यान गएको छ। प्रदेश २ का ११ ठाउँमा सर्पदंशको उपचार हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.