पूर्व सञ्चारमन्त्री सिंहको निधन

पूर्व सञ्चारमन्त्री सिंहको निधन

राजविराज : पञ्चायतकालमा सात वर्ष मन्त्री रहेका चुतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान राजविराजस्थित निवासमा निधन भएको छ। दर्पनारायण सिंह र कौशल्यादेवी सिंहको कान्छा छोराका रुपमा १९८९ असोज १ गते सप्तरीको रुपनी गाउँपालिका ५ बसबिट्टीमा जन्मेका सिंहको ८७ वर्षको उमेरमा निधन भएको हो।

पारिवारिक पृष्ठभूमिका कारण पञ्चायतकाल स्थापनासँगै राजनीतिमा होमिएका सिंह प्रधानमन्त्री कीर्तिनिधि विष्टको मन्त्री मण्डलमा पहिलो पटक २०२५ साल चैत २५ गते निर्माण, सञ्चार र यातायात मन्त्री बनेका थिए।

त्यसपछि २०३० साल साउन १ गतेदेखि २०३२ मङ्सिर १४ गतेसम्म प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको मन्त्रीमण्डलमा सिंह उद्योग तथा बाणिज्य मन्त्री रहे।पञ्चायतकालको समयमा जनस्तरमा गहिरो राजनीतिक पकड जमाएका कारण उनी २०१७ सालदेखि २०३२ सालसम्म राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित थिए। सिंह २०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य रहे।

सिंहले २००३ सालमा स्थापना भएको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयबाट पहिलो व्याचका रुपमा मेट्रिक उत्तिर्ण गरेका थिए। लायन्स क्लब राजविराजका संस्थापक भई अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेका सिंह नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष समेत रहे।

राजविराज-रुपनी सडक खण्डको निर्माणका साथै राजविराजको दूरसञ्चार र राजविराज औधोगिक क्षेत्र स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो।  सिंहले युवा उमेरमै रुपनी गाउँपालिका ५ बसबिट्टीस्थित जनता मावि र सिरहा जिल्लाको नरहा रिगौलस्थित लक्ष्मीनारायण कौशल्या मावि स्थापना गर्नुभएको सिंहका छोरा उपप्राध्यापक सुमनप्रसाद सिंहले जानकारी दिए।

सिंहका दुई छोरा र एक छोरी छन्। पछिल्लो समय रक्तचापबाट पीडित सिंहलाई १५ दिनदेखि  खानामा रुची हुन छाडेपछि कमजोर बनेका थिए।सिंहको शुक्रबार अपरान्ह सप्तकोशी नदीमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन्।पूर्वमन्त्री सिंह गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका काका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.