बन्द मासु पसललाई अनुदान

बन्द मासु पसललाई अनुदान

गोरखा : भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले सात महिनादेखि बन्द मासु पसललाई अनुदान दिएको छ। गत माघदेखि बन्द गोरखा नगरपालिका १० छेपेटारको सिलवाल फ्रेस हाउसलाई अनुदान दिएको हो। यो फ्रेस हाउस सञ्चालक ऋषिराम सिलवाललाई विज्ञ केन्द्रले स्वीकृत एक लाख २५ हजार रुपैयाँमध्ये ६९ हजार एक सय ३४ रुपैयाँ भुक्तानी दिएको छ।

यो रकमले व्यवसायी सिलवालले पसलमा टायल बिछ्याउनुका साथै आँगनमा ट्रस्ट हालेका छन्। अनुदान पाएको सो पसल गत माघदेखि नखुलेको पसलका सञ्चालक ऋषिराम सिलवालकी श्रीमती शान्ताले स्वीकार गरिन्। ‘पसल नखोलेको ३/४ महिना भयो’, उनले भनिन्, ‘नानी बिरामी भएर श्रीमान् यताउता गइरहनु हुन्छ। मैले एक्लै खसीबोका ल्याएर काटेर बेच्न सक्दिन त्यसैले पसल खोलेको छैन।’ लामो समयदेखि नखोलेका कारण पसल कोठा दुगन्र्धित हुनका साथै माकुराको जालोले घेरिएको छ।

पसल सात महिनादेखि सञ्चालनमा नरहेको स्थानीयको भनाइ छ। ‘बन्द भएको पसलले अनुदान पाएको छ’, एक स्थानीयले भने, ‘पहिले त पसल राम्रै चलेको हो तर गएको माघदेखि त कहिल्यै खुलेको छैन। उनीहरूको आन्तरिक व्यवहार के कसो भएर नखुलेको हो।’ माघदेखि पसल बन्द रहेको सो पसललाई विज्ञकेन्द्रले गत चैत २१ गते अनुदानका लागि छनोट गरेको सूचना सार्वजनिक गरेको थियो।

सिलवाल फ्रेस हाउसले व्यावहारिक कठिनाइका कारण मासु बेच्न नसकेको केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए। ‘उहाँहरू काम गर्ने मान्छे नै हो’, उनले भने, ‘हामीले कामका आधारमा अनुदान दिने हो। उनको पसलमा अनुदानको रकमले टायल र ट्रस हालिएको छ। पसल सधैं बन्द गर्ने भए त त्यही काम पनि गर्नुहुदैंनथ्यो होला नि। अहिले केही व्यवधानले पसल खोल्न नसकेको होला। हामी निरन्तर अनुगमन गर्नेछौं।’ विज्ञ केन्द्रले गत आर्थिक वर्ष फ्रेस हाउस सुधार कार्यक्रमतर्फ २२ वटा मासु पसललाई अनुदान दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.