बाढीले बगाएको भप्सी पुल अझै सञ्चालनमा आएन
महोतरी : पूर्वपश्चिम राजमार्ग अन्तरगत महोतरीको भप्सी खोलामा आएको बाढीले बगाएको भप्सी पुल सञ्चालनमा ढिलाइ भएको छ । असार २८ गते आएको बाढीले बगाएको भप्सी पुल ७ दिनमा बेलीब्रिज फिट गरेर सञ्चालन गरिने भनिए पनि हालसम्म बनेको छैन।
पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ उत्पन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बर्दिबासका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले बताए ।
भप्सी पुलको लम्बाइ कुल ५० मिटर थियो । असार २८ गते भप्सी खोलामा आएको बाढीले २५ मिटर पुल बगाएको सिंहले जानकारी दिए । पुन सोही ठाउँमा ५० मिटरको बेलीब्रिज बन्ने उनले बताए ।
पुल नबन्दा साउनको सोमबारमा बर्दिबासमा लाग्ने सोमबारे मेला भर्न आउने यात्रुले अत्याधिक कठिनाइ भोग्नुपरेको यात्रुले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस !
३