मरेको हात्ती भेटिएपछि पूजापाठ सुरु

मरेको हात्ती भेटिएपछि पूजापाठ सुरु

महोत्तरी : जंगली हात्ती महोत्तरीको गौशाला नगरपालिका-१० लक्ष्मीनिया जंगलमा मृत हात्ती भेटिएपछि स्थानीयले पुजापाठ सुरु गरेका छन्।  सागरनाथ वन विकास परियोजनाको १४ नं ‘बी’ प्लटअन्र्तगत साखुको जंगलमा मृकक हात्ती भेटिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जानकारी दिए।

पूर्व-पश्चिम राजमार्ग अन्र्तगत लक्ष्मीनियाँ चोकभन्दा तीन किलो मिटर दक्षिण झुलनिया पुल नजिकैको जंगलमा हात्ती मरेका थिए। ‘हात्तीको दारामा घाउ भएर पिपैपित देखिन्छ,’ डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख साहले भने, ‘त्यसको असर हात्तीको मतिष्कसमा असर भएर मरेको हुन सक्छ।’ हात्तीको घाँटीमा ‘रेडियो कलर’ जडान गरिएको छ।

हात्ती मरेको देखेपछि जंगली भगवानको संज्ञा दिदैं स्थानीयले धुपअगरबत्ती बालेर पैसा चढाएका थिए। विज्ञ टोलीले हात्तिको पोस्टमार्टम गरेका छन्। 

सर्लाहीमा दुई सातादेखि आतंक मच्चाइरहेको मरेको भाले जंगली हात्तीलाई बेहोस बनाएर  साउन १२ गते रेडियो कलर जडान गरिएको थियो। ईश्वरपुर नगरपालिका-१३ श्रीनगर स्थित लाहुरे टोल नजिक जंगलमा हात्तीलाई बेहोस बनाएर घाँटीमा रेडियो कलर झुण्ड्याइएको थियो। 

बस्तीमा पसेर घर भत्काउने एवं बालीनालीमा क्षति पुर्‍याउँदै आएका दुई हात्तीमध्ये भाले हात्तीमा रेडियो कलर जडान गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.