महोत्तरीमा दुई युवकको बेवारिसे शव फेला पर्‍याे

महोत्तरीमा दुई युवकको बेवारिसे शव फेला पर्‍याे

बर्दिबास : महोत्तरीका दुई अलग ठाउँमा दुई युवकको शव फेला परेको छ । मनरा सिस्वा नगरपालिका—२ इटहर्वामा अपरिचित बेवारिसे शव भेटिएको हो ।

नेपाल–भारत दशगजा नजिकै उखुबारीमा ती युवकको शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जनाए । युवकको पहिचान खुलेको छैन ।

भारततिरै हत्या गरेर युवकको शव नेपाली भूमिमा फालेको हुनसक्ने बुढाथोकीको भनाइ छ । टाउको र निधारमा धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

यस्तै जलेशवर नगरपालिका—६ स्थित रातु खोलामा पनि एकजनाको शव भेटिएको छ । स्थानीय सरोज साहको शव फेला परेको प्रहरीले जनाएको छ । उनको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । दुवै शवको पोष्टमार्टमको लाग जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.