घाटबाट अस्पताल पुर्‍याइएकी महिलाको मृत्यु

घाटबाट अस्पताल पुर्‍याइएकी महिलाको मृत्यु

पाल्पा : कालीगण्डकीको रिडी घाटबाट अस्पताल पुर्‍याइएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।  रैनादेवी छहरा गाउँपालिका १ सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीलाई रिडि घाटबाट १० दिन अघि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागी लगिएको थियो। ज्ञवालीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

सिङ्गो मेडिकल कलेज, चिकित्सक सबै बिरामी लाई ठिक बनाउन दत्त चित्त भएर लागेपनि उपचार सफल हुन नसकेको अस्पतालका प्रवक्ता तथा सूचना अधिकृत कृष्ण पराजुलीले जानकारी दिए। उनले मुटु र मृगौलामा गम्भीर समस्याकै कारण महिलाको मृत्यु भएको बताए।

यस्तो थियो घटना ?

असार २५ गते गाउँमा झाडापखाल प्रकोप फैलिएसँगै नर्मदा पनि बिरामी भएपछि उपचारको लागि मिशन अस्पताल तानसेनमा भर्ना भएकी थिइन्। अस्पतालमा उपचारको क्रममा झाडा पखालासँगै नर्मदालाई निमोनिया, तथा फोक्सोमा संक्रमण भएको पाइयो। उपचारको क्रममा शरीरभरी व्याक्टेरिया फैलियो र अवस्था हरेक दिन नाजुक हुँदैगयो। बिरामीलाई मिर्गौलामा समस्या देखिएको भनियो।

बिरामीको अवस्था गम्भीर रहेको भन्दै मिर्गौलाको उपचार यहाँ नहुने जानकारी अस्पतालले परिवारलाई दियो। बिरामी ज्ञवालीका आफन्तले भने बिरामीलाई निको नहुने, अक्सिजन दिँदासम्म मात्र बाँच्ने भनेपछि डिस्चार्ज मागेर मिशनकै एम्बुलेन्समा बिरामी राखेर सिद्देश्वर पुर्‍याए।

श्रीमान सूर्य ज्ञवालीसहित आफन्तकै सल्लाहमा उनलाई नबाँच्ने भन्दै घाट लैजाने भनी एकचौटी कालीगण्डकीको रिडी घाटमा पुर्‍याइएका थियो। अर्घ्यजलका लागि पुर्‍याएका थिए। घाटमा अर्धजल गराउँदा ब्युँतिएपछि 'मलामी' समेत दंग भएका थिए। त्यसपछि आफन्तहरुले लुम्बिनी मेडिकल कलेजमा भर्ना गराएका थिए । झाडापखालाको बिरामीको रुपमा भर्ना भएकी नर्मदाको उपचारका क्रममा अन्य रोगसमेत भेटिएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.