‘सबै कुरा माइनस हुन्छ, शिरको टोपी माइनस हुँदैन’

‘सबै कुरा माइनस हुन्छ, शिरको टोपी माइनस हुँदैन’

ललितपुर : पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली टोपीको गरिमा छुट्टै भएको बताएका छन्। 

शुक्रबार राष्ट्रिय पोशाक संरक्षण महाअभियान केन्द्रीय समितिले ललितपुरमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। टोपी लगाएको देखेर बाराक ओबामा हात मिलाउन आएको घटना आफू कहिल्यै बिर्सने नसक्ने उनले बताए। 

नेपालका अनुसार प्रधानमन्त्रीको हैसियतमा उनी डेनमार्क गएका थिए। डिसेम्बर महिना थियो। त्यहाँ संसारभरका राष्ट्रप्रमुखको उपस्थित थिए।  त्यसै भेलामा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा हात मिलाउन आएका थिए। 

‘श्रीलंका, भारतलगायत देशका राष्ट्र प्रमुखसँगै बसेर गफ गर्दै थियौँ, ओबामा परबाट लम्किदै आए, हेल्लो मिस्टर नेपाल भन्दै हात मिलाए’ नेपालले भने, ‘मनमोहन सिंहहरु जिल्ल परे।’

उनले माधवकुमार नेपाललसँग हात मिलाएको नभई नेपाल र नेपालीको माया, सम्मान देखाएको उनले प्रष्ट पारे।  ओबामाले उनको फरक पोशाक र टोपीलाई निकै नियालेको पनि सुनाए। 

त्यो भन्दा पहिला संयुक्त राष्ट्रसंघमा सेप्टेम्बर महिनामा उनको भेट भएको थियो। तर तीन महिनापछि डेनमार्कमा भेट्दा ओबामा आफैँ हात मिलाउन आए। ‘टोपीको शान अलग्गै हुने रहेछ’, नेपालले भने, ‘अरु सबै कुरा माइनस गर्न सक्छु तर शिरको टोपी माइनस गर्न सक्दिनँ।’

शुक्रबार बिहानसम्म भरतपुरमा रहेका नेपालले एयरपोर्टबाटै दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थित भएको सुनाए। ‘घरबाट दौरासुरुवाल मगाएर एयरपोर्टबाट लगाएर आएँ’, नेपालले भने।   

धार्मिक, सांस्कृतिक, प्राकृतिक विविधता भएको नेपाल पोशाकमा पनि विविधता भएको उनको भनाइ छ। नेपाली भाषालाई मुख्य भाषा मानेजस्तै दौरासुरुवाल, टोपी र गुन्युचोलीलाई राष्ट्रिय पहिचानको पोशाक बनाउन सकिने बताए। नेता नेपालले यस्ता कार्यक्रममा युवा पुस्ताले अगुवाइ गरेकोप्रति खुशी व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.