बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बर्दिबास : बसको ठक्करबाट महोत्तरीको बर्दिबासमा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृतको पहिचान खुल्न सकेको छैन। जनकपुरबाट काठमाडौं जाँदै गरेको ना६ख १६११ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी जवान सजय साहका अनुसार बाटो काट्दै गर्दा उनलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिएर भागेको बस प्रहरीको नियन्त्रणमा छ।
प्रतिक्रिया दिनुहोस !
३