चीनमा नेवारी पौवा ग्यालरी

चीनमा नेवारी पौवा ग्यालरी

बेइजिङ : चीनको राजधानी बेइजिङमा नेपाल झल्किने एउटा केन्द्रको स्थापना हुने भएको छ। जहाँ नेपाली कलाकृति, गीतसङ्गीतको कार्यक्रमसँगै नेपाली खानाको स्वादसमेत लिन पाइने छ। बेइजिङको उत्तरपूर्वी जिल्ला मियूनमा करिब ३४० वर्गमिटर क्षेत्रफल ओगटिएको उक्त नेपाल सांस्कृतिक आदान–प्रदान केन्द्र सन् २०२१ सम्ममा खुला गर्ने तयारीका साथ काम जारी छ। चीन सरकारबाट केन्द्र स्थापनाका लागि पाएको जग्गामा १ मिलियन यूआन खर्च भइसकेको यस केन्द्रका सञ्चालक छ्याउ कोचीनको भनाइ छ। 

उनी छ्याउ कोचीन नेपाली पौवा चित्रका सौखिन हुन्। उनी नेपाली संस्कृति निकै उत्कृष्ट भएको बताउँछन्। विगत १२ वर्षदेखि नेपाली पौवा चित्र संकन गर्दै आएका उनले बेइजिङमा नेवारी पौवा ग्यालरी समेत सञ्चालन गर्दैआएका छन्। साथै उनले यी पौवा चित्रहरू चीनभित्र आयोजना हुने विभिन्न प्रदर्शनीमा प्रदर्शन पनि गर्दैआएका छन्। 

उनको यस योगदानको कदर गर्दै नेपाल हस्तकला महासंघले हालै मात्र बेइजिङमा सम्मान पनि गरेको छ। नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले उनकै ग्यालरीमा सम्मान पत्र प्रदान गरेका हुन्। 

उनले नेपाली पौवाको प्रचारमा गरेको योगदान स्वरुप हस्तकला महासंघले उनको यस केन्द्रसँग मिलेर बेइजिङमा ‘बेइजिङ नेपा चित्र तथा हस्तकला आदानप्रदान केन्द्र’को स्थापना गर्नलागेको अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए। 

‘यसको लागि बेइजिङस्थित दूतावाससँग पनि वार्ता भएको छ। यस विषयमा नेपाली राजदूत लीलामणि पौड्याल सकारात्मक हुनुहुन्छ। अब चाँडै नै यो संस्था स्थापना गर्नेछौं, जसबाट नेपालका विविध उत्कृष्ट कलाले चीनमा पहिचान बनाउने आशा गर्न सकिन्छ।’ 

नेपाल हस्तकला महासंघका अध्यक्षसहितको टोली हाल चीनको छिङहाई प्रान्तमा आयोजना हुन गइरहेको चीन छिङहाई अन्तर्राष्ट्रिय कार्पेट तथा हस्तकला प्रदर्शनीमा सहभागी हुन चीन आएका हुन्। 
उक्त मेला अगस्त ७ देखि ११सम्म आयोजना हुँदैछ। यसै अवसरमा उक्त टोलीले बेइजिङसम्मको पनि यात्रा गरेका हुन्। ‘विशेषत कार्पेट मेला हो, हाम्रो पहलमा नै यस मेलामा हस्तकला पनि थपिएको हो।’ उनले भने, ‘विगत तीन वर्षदेखि यस मेलामा नेपालको सहभागिता रहँदैआएको छ। नेपालबाट झण्डै २० जना व्यवसायीहरूले भाग लिँदै छन्।’ चीनसँगको व्यापार घाटा कम गर्ने प्रमुख वस्तु नेपालको हस्तकला भएको उनको दावी छ। 

यसै टोलीमा सम्मिलित हस्तकला महासंघका कार्यकारी बोर्ड सदस्य जीवन शाक्य भन्छन्, ‘चीनले नेपाललाई ८,४०० वस्तुमा भन्सार छुट दिएको छ, तर हातबाट निर्मित वस्तुलाई दिएको छैन।’ नेपाल सरकारले हस्तकला तथा हातबाट निर्मित वस्तुको चीन निर्यातमा पहल गर्नुपर्ने उनको भनाइ छ। 

‘नेपालबाट हरेक वर्ष १६ अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात हुँदैआएको छ र चीनमा मात्र ८ अर्बको निर्यात हुन्छ, त्यसकारण सरकारले यसबारे पहल गर्न जरुरी छ’, उनले थपे, ‘खुन्मिङलाई दक्षिण एसियाको हबको रुपमा चीनले विकास गरेको छ। 

जसरी चीनले साङहाई, सन्चनलगायतका सहरलाई फ्रि ट्रेड जोनको रुपमा विकास गरेको छ, नेपालका लागि खुन्मिङलाई फ्रि ट्रेड बनाउन सके नेपाललाई फाइदा पुग्ने छ। यसरी सौखिन चिनियाँले मात्र नेपाली कलाकृतिको प्रसार गरेर पुग्दैन।’ छ्याउ पनि उनको कुरामा सहमत छन्। उनी भन्छन्, ‘नेपालको कलाकृति निकै उत्कृष्ट छन्, जस्तै पौवा चित्रलाई हेर्नुस्, हाल विश्वमा चीनको थाङ्काले प्रसिद्धि पाएको छ, तर पौवा चित्रलाई विश्वले चिन्दैन। पौवा चित्र थाङ्काभन्दा अभैm उत्कृष्ट छ। विश्व बजारमा यो पुग्नसक्यो भने त्यसै त बहुमुल्य छ नै अझै हुनेछ। 

छ्याउसँग विगत १२ वर्षदेखि नेपाली पौवाको प्रचारका साथै चीन र नेपालबीच सांस्कृतिक पुलको रुपमा काम गर्दैआएका ठमेद अवस्थित थाङ्का हाउसका निर्देशक वीरेन्द्र शाही भन्छन्।  हाल भिएनामा नेपालकै वरिष्ठ कलाकार समुद्रमान श्रेष्ठको पौवा प्रदर्शनमा राखेका छौं’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.