अटेरी ठेकेदारलाई टेलिफोन टावर बनाउन तीन महिने अल्टिमेटम

अटेरी ठेकेदारलाई टेलिफोन टावर बनाउन तीन महिने अल्टिमेटम

जाजरकोट : टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि तीन महिना भित्र सक्ने गरी लिखित कागज गराइएको छ।

जाजरकोट जिल्लामा टेलिफोन टावर निर्माण गर्ने ठेक्का सम्झौता गरेको भारतीय अष्टर इण्डिया प्रालिका व्यवस्थापक भोजराज बडु र सामग्री ढुवानी गर्ने जिम्मा लिएका दुर्गेश झालाई नेपाल टेलिकम केन्द्रीय कार्यालयमा बुधवार कर्णाली प्रदेश जाजरकोट 'क' का सांसद गणेशप्रसाद सिंहले लिखित कागज गराएका हुन्।

तीन महिना भित्रै काम सम्पन्न गर्न नसके ठेक्का सम्झौंता तोड्ने चेतावनी सहितको लिखित काजग गराइएको सांसद सिंहले बताए। टेलिकम वारलेस सेवा निर्देशक सरोजमान सिंह प्रधान, प्रबन्धक मिनु प्रधान, संगीता पहाडी लगायतको रोवरमा ठेकेदार कम्पनीलाई तीन महिने अल्टिमेटम सहितको कागज गराएको उनले जानकारी दिए।

जिल्लाका विभिन्न ठाउँमा टावर निर्माण गर्ने ठेक्का नेपाल टेलिकम र अष्टर इण्डिया प्रालिबीच २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो। सम्झौता पत्रमा निर्धारण गरिएबमोजिम काम नभएपछि बेलाबेलामा म्याद थप्दा पनि काम नगरेकोले चेतावनी सहित अल्टिमेटम दिइएको सांसद सिंहले बताए।

‘लापरवाहीको हद पनि निकै भयो। नागरिक टेलिफोन सेवा नभएर हैरान छन्। ठेक्का लिएर अलपत्र पार्ने तर काम नगर्ने अवस्था आएपछि पहलकदमी लिएको हुँ’, उनले भने।

अष्टर इण्डिया प्रालिका व्यवस्थापक बडु र सामग्री ढुवानीका झालाई सिंहले गराएको लिखित कागजमा जुनीचाँदे गाउँपालिकाको मजकोट र बारेकोट गाउँपालिकाको शेरीमा बनाउन लागिएको टेलिफोन टावरको काम साउन महिना भित्रै सम्पन्न गर्ने, बारेकोट गाउँपालिकाको नायकबाडा (रतनकोट) टेलिफोन टावरको काम भदौं महिनाको पहिलो हप्ता भित्रै सम्पन्न गर्ने, नलगाड नगरपालिकाको डाडाँगाउँ टेलिफोन टावरको काम भदौ महिना भित्र सम्पन्न गर्ने, बारेकोट गाउँपालिकाको सक्ला र कुशे गाउँपालिकाको पैंक टेलिफोन टावरको काम सम्पन्न गर्न अष्टर इण्डिया प्रालिले यही साउन २१ गते भित्रै कार्यतालिका नेपाल टेलिकमको कार्यालयमा पेश गर्ने सम्झौता भएको छ।

उल्लेखित कार्यतालिका अनुसार काम सम्झौता रद्द गरी कारबाहीको प्रकृयालाई अगाडि बढाउने उक्त कागजा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.