ललितपुर महानगरमा दुई ब्रुमर थपिए

ललितपुर महानगरमा दुई ब्रुमर थपिए

ललितपुर : परम्परागत चलन अनुसार खर्पनमा दुबैतिर कुचो राखेर बढार्ने गरिन्थ्यो। बिहान पाँच बजे सडक सफा गर्दैगर्दा धेरै स्वीपर दुर्घटनामा परे। बिहानै अँध्यारोमा सडक सफा गरिरहेका स्वीपरलाई सवारी साधनले ठक्कर दिँदा धेरै दुर्घटना भए। 

त्यसपछि पेटीमात्र सफा गर्न लगाउन थालियो। सडकका बीचमा रहेका डिभाइडर र छेउछाउका धुलो कुचोले निकाल्न सकेन तर अब बु्रमरले त्यस्ता फोहोर निकाल्ने भएको छ।

ललितपुर महानगरपालिकाका वातावरणविद् प्रदिप अमात्यका अनुसार ब्रुमरले ससाना धुलो आफैतिर तान्छ। आँखाले देख्न सकिने खालका फोहोर तानेर एकठाउँमा संकलन गर्छ। त्यस्ता धुलोले आँखा, नाक घाँटीलाई असर गर्छन्। ती देख्न सकिनेखालका धुलो बु्रमरले सफा गर्छ। सडकमा हिँड्दा मास्क नलगाई हिड्न सकिने वातावरण बनाउन सकिन्छ।

अमात्य भन्छन्, ‘आँखाले देख्न नसकिने खालका धुलो जसमा पीए २.५ को मात्रा हुन्छ।’  फोक्सोको लागि एकदमै घातक हुन्छ। यस्ता कण हामीले लगाउने सामान्य मास्कले थेक्न सक्दैनन्। विषेशगरी सवारीसाधानबाट निस्किएको धुँवामा आँखाले देख्न नसक्ने खालका कण हुन्छन्। यसले फोक्सोमा प्रत्यक्ष  असर गर्छ।

आफनो नगर सफागर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले चार करोड ४८ लाख रुपैयाँ खर्च गरेर दुईवटा बु्रमर भित्राएको छ। सानो आकारको बु्रमर गतवर्षदेखि नै प्रयोगमा ल्याएको थियो। सानो बु्रमरले पाटनका भित्री क्षेत्रमा मात्र सफा गथ्र्यो। तर बाहिरी सडक सफाई गर्न थप ब्रुमर ल्याइएको महानगरपालिकाले जनाएको छ।

६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको उतm बु्रमर खरिदका लागि मंसिर २७ मा बोलपत्र आह्वान गरिएको थियो। ब्रुमर खरिदका लागि जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोटमा परेको थियो। इटालियन डिजाइनमा बनेको बु्रमर भारतमा बनेको हो।

महानगरपालिकाको मेयर चिरिबाबु महर्जनका अनुसार बु्रमरको उपयोगिता भारतमा एकदमै सफल छ। भारतमा जस्तै नेपालमा प्रभावकारी रुपमा बु्रमर संचालनमा ल्याउन सकिनेमा विश्वस्त रहेको बताए। आवश्यक्ता अनुसारका पाटपुर्जा लगायतका सरसामान सजिलै पाइने भएकाले यसको प्रयोगमा कुनै शंका नगन सुझाए।

 बु्रमरले पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्मको सफाईमा केन्द्रित गरिने छ। ‘आवश्यकता अनुसार अन्यतिर सफा गरिनेछ’, उनले भने, ‘बिहान बेलुकी दुईपटक बु्रमिगं गछौं।’ सडक धेरै भएकाले आवश्यकता अनुसार फोहोर भएको सडकमा सफा गरिने र त्यसका लागि तालिका नै बनाइने महर्जनले जानकारी दिए।

कम्पनी आफैले ब्रुमर संचालनको लागि पाँच जनालाई सात दिनको तालिम दिइरहेका छन्। तालिमपछि नै ती ब्रुमर संचालनमा ल्याइनेछ महर्जनको भनाइ छ।

बु्रमरले प्रतिघण्टा दुई किलोमिटर सडक सफा गर्न सक्छ। महानगरपालिकाले दुई  ट्यांकी र एउटा एम्बुलेन्स पनि भित्र्याएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.