ऋण तिर्न नसक्दा घरमा डोजर (भिडियो)

ऋण तिर्न नसक्दा घरमा डोजर (भिडियो)

महोत्तरी : ऋण तिर्न नसक्दा महोत्तरीको भंगहा नगरपालिका–१ कबिलासाको एक परिवारको उठिबास भएको छ। ८ वर्षअघि गाउँका साहु बद्री ठाकुरले दिएको ऋण तिर्न नसक्दा ४५ वर्षीया जहिरा खातुनको परिवारको उडिबास भएको हो। 

आइतबार डोजरले घर भत्काएको छ। घरमाथि डोजर चल्दा अन्नपात, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा, सबै पुरिएका छन्। मुसलिमको पर्व बकर–इदको मुखमा उनको घर भत्किएपछि उनीहरु पीडामा छन्। 

जहिरा खातुनलाई साहुले साँवा र ब्याज तिर्न ताकेता गरिरहेका थिए। लगातार ताकेता गर्दा पनि ऋण तिर्न नसकेपछि साहुले अदालतमा उजुरी दिएका थिए। साहुकै जोडबलमा आइतबार प्रहरीले उनको घरमा डोजर चलाएको हो।
 
जहिराका ससुरा अहमद शेषले आठ वर्षअघि बद्रीमार्फत छोरो सनिफ शेष (जहिराका श्रीमान्)लाई वैदेशिक रोजगारीका लागि कतार पठाएका थिए। बद्री गाउँका एजेन्ट हुन्। 

छोरोलाई कमाउन विदेश पठाइदिने भन्दै आठ वर्षअघि बद्रीले जहिराका ससुरा अहमदसंग करिब ८५ हजार लिएको कपाली तमसुक बनाएका थिए। जहिराका ससुराले २०६८ भदौं १५ गते सो ऋण लिएको उल्लेख छ।

अदालतमा साहुले दिएको उजुरीमा २ लाख ५५ हजार ऋण लिएको दाबी गरिएको छ। ‘साँवा र ब्याजसहित करीब १० लाख माग्दा तिर्न सकिन’, जहिराले रुँदै भनिन्,‘ मेरो श्रीमान् हाल साउदीमा हुनुहुन्छ।’ 

टालीले छाएको घरमा खातुनका ४ छोरी र २ छोरा बस्दैं आएका थिए। विदेशबाट कमाए पठाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उनको भनाइ छ। घरमाथि डोजर चलेपछि उनको भएको अरु सम्पत्तिसमेत काम नलाग्ने भएको छ। 

यता भंगहा नगरपालिकाका नगर प्रमुख संजीवकुमार साहले आफूले दुवै  बीचको लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको बताए।  ‘पछि जोडर लगाएर घर भत्काएको घटना सुन्दा दुःख लागेको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.