निम्ता बाँड्दै कैलाली

निम्ता बाँड्दै कैलाली

धनगढी : १२ वर्षदेखि निरन्तर सुन्दर सुदूरपश्चिम अभियानमा लागि परेको कैलाली उद्योग वाणिज्य संघ, पर्यटन भ्रमण वर्ष २०२० का लागि निम्तो बोकेर देश दर्शनमा निस्किएको छ। शनिबार संघका पदाधिकारीको टोली धनगढीबाट मेची र भारतको सिक्किम, सिलिगुडी र दार्जिलिङसम्मका पर्यटकका लागि निम्तो कार्ड बोकेर देश दर्शनमा निस्किएको हो।

२०६३ देखि संघका तत्कालीन अध्यक्ष गोपाल हमालले सुन्दर सुदूरपश्चिम अभियान थालेका हुन्। त्यसपछिका पदाधिकारीले पनि सुन्दर सुदूरपश्चिम अभियान सञ्चालनलाई निरन्तरता दिएका छन्। ‘हामीले यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यका तस्विर र निम्ता कार्ड बोकेका छौं, सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यलाई सघाउन यस्तो गरिएको हो’, संघका अध्यक्ष पुष्प कुँवरले भने।

कुँवरले देशभरका उद्योगी व्यवसायीलाई सुदूरपश्चिम आउन निम्ता मात्र नभएर पर्यटन व्यवसायमा लगानी गर्न पनि आग्रह गरिने बताए। ‘सुदूरपश्चिममा पर्यटन व्यवसायमा सम्भावना छ, लगानी गर्नुस् हामी सहयोग गछौं भनेर व्यवसायीलाई अनुरोध पनि गर्छौं’, उनले भने।

धनगढीबाट सुरु भएको यात्रा बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, जनकपुर, दमकहुँदै भारतको सिलिगुडी, सिक्कम र दार्जिलिङ भएर एक सातापछि काठमाडौंमा पुगेर टुंगिने छ। संघको टोलीले हरेक क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीलाई सुदूरपश्चिम सुन्दर भएकाले पर्यटन भ्रमण वर्षमा आउन निम्ता दिनेछ भने यस क्षेत्रका पर्यटकीय क्षेत्रका तस्विर पनि देशैभर वितरण गर्ने संघका महासचिव ओम बिष्टले भने।

२० जनाको टोलीलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले सुन्दर सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको फोटो हस्तान्तरण गरी विदाइ गरिन्। उनले सुदुरपश्चिम पर्यापर्यटनका लागि भर्जिन भएको र यहाँको धार्मिक पर्यटनको विशेष महत्व भएको बताइन्।

सुदूर पश्चिममा धर्तीको स्वर्ग मानिएको खप्तड, सात बहिनी भगवतीका शक्तिपीठहरू त्रिपुरासुन्दरी, निङ्गलासैनी, उग्रतारा, बडीमालिका, शैलेश्वरी र मेलौली भगवतीमा मन्दिर पर्यटनका सम्भावना बोकेका क्षेत्र हुन् भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दक्षिण एसियाकै लामो दोधारा चाँदनी झोलुंगे पुल, टीकापुर पार्क पनि यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.