अब सातै प्रदेशमा गाईजात्रा

अब सातै प्रदेशमा गाईजात्रा

सिमरा : काठमाडौंमा हरेक वर्ष गाईजात्रा पर्वको दिन विशेष हाँस्यव्यङ्ग्य कार्यक्रम हुन्छ। यो वर्षदेखि भने हाँस्यव्यङ्ग्य कार्यक्रम गाईजात्रा सातै प्रदेशमा प्रर्दर्शन हुने भएको छ। मुलुकको संघीय संरचनाअनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी सुरु भएको छ। हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुन्। 

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको १० दिने ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश १ को बिराटनगरबाट सुरु हुन लागेको छ। प्रदेश २ मा भने गाईजात्रा कार्यक्रम सिमरामा गर्ने तयारी भइरहेको छ। होटल तथा पर्यटन व्यवसायी संघ र सिमरा फाउण्डेशनले संयुक्तरुपमा गाईजात्रा कार्यक्रमको संयोजन गर्न लागेका हुन्। सिमरामा भदौ १ गते हुने उक्त कार्यक्रम प्रदेशकै पहिलो गाईजात्रा हुनेछ। 

स्थानीय स्तरमा संयोजन गरिरहेको संघ र फाउण्डेशनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर गाईजात्रा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए। प्रदेशकै कार्यक्रम सिमरामा आयोजना गर्न लागिएको हुँदा आफूहरु उत्साहित रहेको भन्दै होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटकीय र औद्योगिक नगरीमा यो कार्यक्रमको निकै महत्व रहेको बताए। 

सिमराको रोयल ईभेन्ट मेनेजमेन्ट भेन्युमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि संघ र फाउण्डेशनको एक हजार पाँच सय र एक हजार गरी दुई किसिमको टिकट दर तय गरेको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन उक्त रकम खर्चिर्ने र बचत रकम सामाजिक काममा खर्च गरिने हुसेनले बताए । 

गाईजात्रा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दलका नेतासहित पाँच सय जनालाई सहभागी गराउने तयारी गरिएको आयोजकले जानकारी दिएको छ । 

गाईजात्रा कार्यक्रममा कलाकार गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउनेछन् । सिमरामा भदौ १ गते कार्यक्रम सकेर कलाकारको टोलीले गाईजात्रा कार्यक्रमलाई अन्य पाँच प्रदेशको हेटौडा, बुटवल, सुर्खेत, धनगढी, पोखरा र संघीय राजधानी काठमाण्डौमा प्रस्तुत गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.