‘बाध्य भएर कडा व्यवहार गर्नुपर्छ’
![‘बाध्य भएर कडा व्यवहार गर्नुपर्छ’](https://annapurnapost.prixacdn.net/media/albums/traffic_20190812120528_u0eZop2gYV.jpg)
ड्युटी कस्तो चल्दै छ ?
कति भयो ट्राफिक प्रहरीमा आउनुभएको ?
घर कता पर्यो यहाँको ?
गोरखा।
काठमाडौँ आएको कति भयो ?
एक वर्ष नै भयो।
ट्राफिक प्रहरी भएर कता–कता ड्युटी गर्नुभएको छ ?
उपत्यकाभित्र मात्रै गरिएको छ। कोटेश्वर, गौशाला, एयरपोर्ट आदि ठाउँमा गरेको छु।
एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा कस्तो लाग्छ ?
जहाँ गए पनि यही काम गर्ने हो। खासै नराम्रो लाग्दैन।
सिभिल प्रहरीमा काम गर्नुभयो कि नाइँ ?
गर्न त गरेँ तर धेरै गरिएन।
त्यहाँ कति वर्ष काम गर्नुभयो ?
एक वर्ष मात्र गरेँ।
पढाइ कहाँसम्म पुर्याउनुभयो ?
ब्याचलर्समा पढ्दै छु।
फोर्समा कसरी आइयो ?
प्रहरीमा फारम खुलेको थाहा पाएपछि आमाबुबाले ‘सरकारी जागिर हो, राम्रो हुन्छ’ भन्नुभयो। उहाँहरूको सल्लाहअनुसार यतातिर लागियो।
महिला ट्राफिक प्रहरीलाई काम गर्न कत्तिको चुनौती छ ?
सडकमा महिला देखेपछि चालक÷सहचालकको हेर्ने दृष्टिकोण फरक हुन्छजस्तो लाग्छ। हामीले कागजपत्र माग्दा दिन मान्दैनन्, भाग्न खोज्छन्। पुरुष ट्राफिकले एकचोटि काजगपत्र माग्दा दिइहाल्छन्, उनीहरूसँग डराउँछन्। हामीलाई भने हेप्न खोज्छन्।
चालकले सवारी चलाउँदा के–के कुरामा ध्यान दिनुपर्छ ?
मोटरसाइकल चालकले हेल्मेटको फित्ता राम्रोसँग बाँध्नुपर्छ। मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी चलाउनु हुँदैन। सबै चालकले पैदलयात्रीलाई सधैँ प्राथमिकता दिनुपर्छ। अचानक सवारीसाधन रोक्दा आफूभन्दा पछाडिको साधनलाई बाधा पुग्ने कुरामा सचेत हुनुपर्छ। यस्ता कुरामा ध्यान दिइयो भने सडक दुर्घटनाबाट बच्न सकिन्छ।
रातको समयमा पैदलयात्रुले के कस्तो सावधानी अपनाउँदा दुर्घटना कम हुन्छ ?
रातको समयमा हिँड्दा चम्कने वा टल्किने लुगा लगाउनुपर्छ। बाटो काट्दा होसियार हुनुपर्छ।
ड्युटीमा हुँदा चालकहरूसँग कत्तिको विवाद हुन्छ ?
हामी चाहेर विवाद गर्ने होइन। चालकले हामीलाई कराउन बाध्य बनाउँछन्। भनेको मान्दैनन्। बाध्य भएर कडा व्यवहार गर्नुपर्छ। अरू त अरू, चालकले गल्ती गर्दा गाडीलाई रोकियो भने गाडीभित्रका यात्रुहरूसमेत हामीलाई गाली गर्छन्।
भीआईपीको सवारी भएको बेला काम गर्न गाह्रो हुन्छ, होला नि ?
यसलाई त भीआईपी एरिया नै भनिन्छ। यहीँबाट धेरै भीआईपीको आवतजावत हुन्छ। त्यसैले त्यसबेला काममा अलि बढी नै पे्रसर पर्न जान्छ।
तालिममा कपाल काटिदिँदा कस्तो अनुभव रह्यो ?
मेरो कपाल लामो थियो। दुईतीन दिनसम्म आफ्नो कपाल सम्झेर दुःखी भइरहेँ।
कामको पहिलो दिन कस्तो थियो ?
पहिलो दिन त सिटी बजाउनै लाज लागेको थियो। त्यसमाथि गाडीको चाप ! म एक्लैले कसरी व्यवस्थापन गर्ने होला भनेर तनाव भएको थियो।
अहिले ‘हाउ मच’मा कमी आएको हो र ?
अहिले ट्याक्सी चालकहरू धेरै सचेत भएका छन्। पहिला १०–१५ जना कारबाहीमा पर्थे भने अहिले फाट्टफुट्ट मात्र हाउ मच कारबाहीमा पर्छन्।
सडकको बीचमा उभिएर काम गर्दा अप्रिय घटना पनि भोगियो कि ?
गौशालामा ड्युटी गर्दा एक पटक एउटा मोटरसाइकले हानेको थियो।
पत्रपत्रिका कत्तिको पढिन्छ ?
बेलुका पढ्ने गर्छु।
फुर्सदमा के गरिन्छ ?
फुर्सदमा सरसफाइ गरिन्छ। घरपरिवारसँग समय बिताइन्छ।
कहिलेकाहीँ अर्को जागिर गर्ने सोच आउँदैन ?
आउँदैन। ट्राफिककै जागिर बेस्ट लाग्छ। आफ्नो काममा एकदमै सन्तुष्ट छु।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)