१४ किलोमिटरको भाडा पाँच सय

१४ किलोमिटरको भाडा पाँच सय

डोल्पा : जिप धनीले यात्रुबाट मनपरी भाडा असुल्न गरेका छन्। उनीहरुले १४ किलोमिटर सडकमा पाँचसय रुपैयाँ भाडा असुल्दै आएका छन्। महँगो र आफूखुशी भाडाका कारण यात्रु समस्यामा परेका हुन्।

पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको डोल्पा सदरमुकाममा अहिले आन्तरिक रुपमा जिप सञ्चालनमा छन्। तर तीनै जिपमा भाडा महँगो छ। डोल्पा सदरमुकाम दुनैदेखि सुँपानीसम्मको १४ किलोमिटर सडकमा प्रति यात्रुले पाँचसय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ। दुनैदेखी जुफाल सम्मको १३ किलोमिटर सडकमा पनि भाडादर महंगो छ।

मनपरी भाडा लिँदासमेत स्थानीय प्रशासन मौन रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए। पाँचसय भाडा नतिरेसम्म व्यवसायीले जिपमा चढ्न दिदैनन्। सुगम क्षेत्रमा पाँचसय रुपैयाँमा सयौं किलोमिटर यात्रा गर्न पाइने भन्दै स्थानीयले तत्काल भाडा घटाउन माग गरेका हुन्। स्थानीय वीरबहादुर रोकायाले व्यवसायीले मनपरी भाडा असुलेको गुनासो गरे। दुनैदेखी जुफाल सम्मको भाडा महँगो नै भएको दुनै–सुपानी सडकखण्डमा जिप चलाउँदै आएका चालक गोबिन्द बिकले स्वीकार गरे।

कर्मचारीले रिजर्भ गर्दा व्यवसायीले मागे अनुसारको मूल्य तिर्ने भएकाले पनि सर्वसाधारणलाई गाडीवालाले महँगो भाडा लिने गरेका हुन्। यात्रुबाट जिपवालाले मनपरी भाडा उठाइ रहँदा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय मौन छन्। भाडादर समायोजनका लागि अनुरोध गर्दा पनि जिल्ला प्रशासनले वेवास्ता गरेको छ। दुनै–त्रिपुराकोट र दुनै–जुफाल खण्डमा भाडादर महंगो भएको बिषयमा गुनासो आइरहेकाले यस विषयमा तत्काल समाधान खोजिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.