‘नेपालको विशेषता’ बेइजिङमा विमोचित

‘नेपालको विशेषता’ बेइजिङमा विमोचित

बेइजिङ : नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा चीनको राजधानी बेइजिङमा नेपालसम्बन्धि पुस्तक सार्वजनिक भएको छ। 

‘निपोआर द सिङग’ अर्थात् ‘नेपालको विशेषता’ शीर्षकको चिनियाँ भाषाको पुस्तकले चिनियाँ पाठकमाझ नेपाल चिनाउने अपेक्षा गरिएको छ। चीनको दक्षिणीतर्फको हिमालपारीको देश नेपालको संस्कृति, सुन्दरता तथा लामो र गौरवशाली इतिहासलाई ७ लेखमा समेटिएको छ। 

छिङह्वा विश्वविद्यालयका प्राध्यापक हू यूले पुस्तक विमोचन समारोहमा आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालीको सदा हँसिला अनुहार सम्झनामा रहिरहेको बताए। 

नेपाल भ्रमण क्रममा प्रभावित बनाएको यसै विषयलाई आफूले लेखमा उतारेको उनको भनाइ छ। ‘यो पुस्तक पढेपछि धेरैभन्दा धेरै चिनियाँले नेपालको सुन्दरताबारे थाहा पाउने छन् र आउने दिनमा धेरै चिनियाँले नेपाल भ्रमण गर्ने छन्,’ उनले थपे, ‘नेपालबाट प्रभावित भएर नै चिनियाँ माझ नेपाल चिनाउन यो पुस्तक प्रकाशित गरेका हौं।’

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको अवसरमा नेपालको प्रशंसा र वर्णन गरिएको यो पुस्तक चिनियाँ पर्यटक आकर्षणको माध्यम बन्ने छ। 
चाइना यूथ प्रेसले प्रकाशित गरेको पुस्तकमा छिङह्वा विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध तथा पत्रकारिताका प्राध्यापक हू यूका साथै त्यहाँ पत्रकारिता विषयमा अध्ययनरत् विद्यार्थीहरू वान निङनिङ, शन छिनयी र चाङ चिनपाओले आफ्नो नेपाल भ्रमणका अनुभवसँगै ऐतिहासिक र शैक्षिक सामग्री जोडेर तयार पारेका हुन्। 

उक्त पुस्तककी सहलेखिका तथा चीन नेपाल सांस्कृतिक आदानप्रदान संघकी अध्यक्ष शन छिनयीले पुस्तकमा नेपाली उखान टुक्काको भरपुर प्रयोग गरिएको बताइन्। चीन नेपाल युवा आदानप्रदानलाई अघि बढाउँदै चीन नेपाल सम्बन्धलाई थप उचाइमा पुर्‍याउन चाहेको भन्दै यसै महिनाको अन्तमा संघमार्फत् २० जनाको एक अध्ययन टोली नेपाल भ्रमणमा जानलागेको पनि बताइन्। 

अरु चिनियाँ वक्ताले पुस्तकको उच्च मूल्याङ्कन गर्दै प्राचिनकालदेखि नै चीन र नेपाल मैत्रीपूर्ण छिमेकी रहँदैआएको व्यक्त गरे। बेइजिङस्थित नेपाली कलाकार अरनिकोले बनाएको पाइथासा चीन र नेपालबीचको मित्रताको प्रतीक भएको बताए। 

पुस्तक चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले दूतावास परिसरमा सार्वजनिक गरेका हुन्। राजदूत पौड्यालले नेपालको पर्यटन प्रचारमा उल्लेखनीय योगदान पुग्ने भन्दै पुस्तक प्रकाशनमा भागीदार सबैलाई धन्यवाद व्यक्त गरे। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.