दिवगंतको सम्झनामा गाईजात्रा
धनकुटा : दिवगंत आफन्तको सम्झनामा शुक्रबार धनकुटा सदरमुकाम बजारमा गाईजात्रा निकालिएको छ। धनकुटामा बसोबास गर्ने नेवारी समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ।
धनकुटा नगरभित्रका करिब २६ घरपरिवारले गाईजात्राले निकालेको नेवा पूचः धनकुटाका अध्यक्ष नविनकिशोर शाक्यले बताए।
धनकुटा-७ श्रीवानीमा भेला गई सुरु भएको र्याली मदन चोक, परिचय मोड, बीचबजार, सिरानबजार, भीमनारायण चोक माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै धनकुटा तल्लो टुँडिखेलमा समापन हुनेछ।
र्यालीमा दिवंगत भएका व्यक्तिको आफन्त, नेवारी समुदाय ढोल झ्याम्टा बजाउँदै बजार परिक्रमा गर्छन्। सबै दिवंगत व्यक्तिको फोटो राखेर निकालिएको तमोचा गाइजात्राको आर्कषण बनेको थियो। गाईजात्राको दिन धनकुटा सदरमुकाममा चहलपहल बढेको छ।
जात्रा हेर्न ग्रामीण क्षेत्रवाट हजारौं संख्यामा स्थानीय सदरमुकाममा भेला भएका थिए। विशेष गरी सदरमुकाममा नजिकका भीरगाउँ, वेलहरा, टेकुनाला, सान्ताङ, पात्ले, पारिपात्ले, लोकसेवा, कागते, देव्रेवासलगायत स्थानबाट स्थानीय जात्रा हेर्न आएका छन्। नेवारी समुदायले मनाउने सांस्कृतिक पर्व गाईजात्राको अवसरमा धनकुटा नगरकार्यपालिकाले सार्वजनिक विदा समेत दिएको छ। _20190816074615.jpg)
_20190816074614.jpg)
_20190816074613.jpg)
प्रतिक्रिया दिनुहोस !