पाँगामा 'तिर्कु लारकु झ्याँ झ्याँ' (फोटो फिचर)
![पाँगामा 'तिर्कु लारकु झ्याँ झ्याँ' (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/jai-jatra-at-panga-by-sunita-dangol-01-15_20190816132052_oQstPgTqDb.jpg)
काठमाडौं : दिवगंत आफन्तको सम्झनामा मनाइने गाईजात्रा कीर्तिपुरको पाँगामा अन्यत्रभन्दा विशेष किसिमले मनाइन्छ। पाँगाको जात्रालाई स्थानीय नेवारी भाषामा 'तिर्कु लारकु झ्याँ झ्याँ' भनिन्छ। खासमा यो जात्रामा बजाइने धुनलाई भनिएको हो।
पाँगामा सडकमै कुचो लिएर पानीमा खेल्ने, पानी छ्याप्ने गरिन्छ। जात्रामा सहभागीले ठूलो डोको लिएर नाचिरहेका हुन्छन्। बालबालिकालाई डोकोभित्र थुन्यो भने भुतप्रेतसँगको डर भाग्ने मान्यता छ।
आफन्त गुमाएका व्यक्तिसहित ढोल झ्याम्टा बजाउँदै सहभागीहरू बजार परिक्रमा गर्छन्। बालबालिकाहरूलाई शिवको रुपमा जात्रामा नचाइन्छ। हेर्नुस पाँगामा शुक्रबार देखिएको जात्राः
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)