यसरी सकियो बाख्रा खोज्ने जात्रा (फोटो फिचर)
ललितपुर : खोकनाको चर्चित बाख्रा खोज्ने जात्रा सम्पन्न भएको छ। यस पटक यो जात्रा फरक ढंगले मनाइयो। हरेक वर्ष कुमारी बाख्रालाई पोखरीमा फालेर लुछाचुडी गरिन्थ्यो। तर, यो वर्ष पोखरीमा फालेको बाख्रालाई लुछाचुडी गरिएन।
पोखरीमा डुवाइएको बाख्रालाई टोकीटोकी मार्ने चलन रहेको भन्दै सर्वत्र आलोचना भएपछि यो वर्ष खोकनाबासीले आफ्नो जात्रालाई फरक तरिकाले मनाए हुन्।
खोकनाका एक युवाले बाख्रालाई टोकेर मार्ने चलन कहिल्यै नरहेको बताए। उनले भने, ‘बाख्रालाई पोखरीमा फालेपछि डुबेरै मर्छ। टोक्न जरुरत नै पर्दैन।’
जात्रामा विभिन्न टोलबासी सहभागी थिए। सहभागीबीच बाख्रा आफूले लाने प्रतिस्पर्धा चलेको थियो। अन्तमा रुद्रयणी मन्दिर नजिकमा युवाले बाख्रा खोसेर आफ्नो बनाए। पोखरीबाट जुन समूहले खोसेर लान्छन् । उनै युवाले लगेर बाँडेर खान पाउँछन्। तस्बिर : अशोक दुलाल