रियलको सुखद् सुरुवात, मोड्रिचलाई रातो कार्ड
स्पेन : स्पेनिस ला लिगाको जारी सिजनमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा सेल्टा भिगोमाथि ३–१ को जित निकाल्दै रियलले उत्कृष्ट सुरुवात गरेको हो।
सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जिमाले १२औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । पलिहो हाफमा १–० ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा टोनी क्रुजले र ८०औं किनेटमा लुकास भाजक्वेजले गोल गरे । सेल्टा भिगोका लागि ९० मिनेटपछिको अतिरिक्त समयमा लोसाडाले सान्त्वना गोल गरेका थिए ।
दोस्रो हाफ सुरु भएको केही बेरपछि सेल्टा भिगोका खेलाडीलाई फउल गरेका कारण मिड फिल्डर लुका मोड्रिचलाई रेफ्रीले रातो कार्ड देखाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। गत दुई सिजन तेस्रो स्थानमा रहँदै लिग अन्त्य गरेको रियल यस सिजन उपाधि हात पार्ने दाउमा छ।