प्रहरी बलियो बनाउँदै प्रदेश सरकार

प्रहरी बलियो बनाउँदै प्रदेश सरकार

बुटवल : प्रदेश प्रहरी गठनको तयारी भइरहदा प्रदेश ५ मा पूर्वाधारका काम थालिएका छन्। पहिलो चरणमा प्रदेशको सुरक्षा सुदृढिकरण र दूर्घटना न्यूनिकरणको योजना सहित प्रदेश ५ सरकारले सिसिटिभी क्यामेरा जडान गरेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको निगरानीमा रहने गरी प्रदेशका ११ जिल्लामा सिसीक्यामेरा जोडिएको हो।

प्रदेश ५ मा सीमाबाट भित्रिने साना हतियार, तत्कालीन जनयुद्धमा प्रयोग भएका हतियार सहित विप्लप माओवादी सुरक्षा चुनौती छ। प्रहरीले सुरक्षासँगै दूर्घटना न्यूनिकरणका लागि प्रविधिको माग गरिरहेको छ। प्रदेश सरकारले पहिलोपटक प्रहरीका लागि बजेट बिनियोजन गरेर कार्यान्वयनमा लगेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीका लागि गाडी खरिदको तयारीसमेत गरेको छ।

प्रदेश मुख्यालयबाटै सबै जिल्लाको सुरक्षा निगरानी राख्ने काम सुरु भइसकेको छ। प्रदेश ५ मा १२ जिल्ला रहे पनि अहिले रोल्पामा सिसिक्यामेरा जडान भएको छैन। रोल्पाबाहेक ११ वटा जिल्लामा १४० क्यामेरा जडान भइरहेका छन्। हालसम्म १०५ वटा क्यामेराका दृश्यको निगरानी गर्न सकिने छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानीका लागि क्यामेरा जडान भएको बताए। ‘दिउँसो राति दुबै समयको दृश्य अध्ययन गर्न सकिनेछ, यसको निगरानी कन्ट्रोल रुमबाट हुन्छ, उनले भने।

प्रदेश सरकारले सुरक्षा सुदृढिकरणअन्तर्गत सिसी क्यामेरा जडानका लागि ३ करोड बिनियोजन गरेको थियो। सोही अनुरुप प्रदेशभर नै क्यामेरा जडान गरिएको हो। २१ लाख लागतमा कन्ट्रोल रुम निर्माण गरिएको छ। रुपन्देही र नवलपरासीमा १८/१८, पाल्पामा १६, बाकेमा १५, कपिलवस्तुमा १४, प्युठानमा ९, गुल्मीमा ८, अर्घाखाचीमा ७ वटा क्यामेरा जडान भइसकेका छन्। दाङ, बर्दिया र रुकुममा जडानको काम जारी छ। प्रदेश ट्राफिकमा पनि ८ वटा क्यामेरा जडान भएको प्रमुख लुइटेलले बताए। यसका लागि २ करोढ ५९ लाख खर्च भएको छ।

बुटवलको राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, भुड्किचोक, नेपालगञ्ज रोड, गोलपार्क, दरवारचोकमा क्यामेरा जडान भएको छ। यी क्यामेराले राजमार्ग र बुटवलमा निर्माण भएको आकाशेपुलको समेत निगरानी गर्नेछ। बुटवलमा भइरहेको ट्राफिक व्यवस्थापनमा पनि क्यामेरा सहयोगी हुने प्रहरीले जनाएको छ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै सिसीक्यामेराबाट प्रदेशको सुरक्षा निगरानी गरिने उल्येख गरेको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निगरानी र दुर्घटना न्यूनिकरणका लागि क्यामेरा महत्वपूर्ण रहेको बताए। ‘यसले अनुसन्धानलाई प्रभावकारी बनाउनेछ, अपराधी उम्किन सक्ने छैनन,’ उनले भने। मुख्यमन्त्रीले यसको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रहरीलाई निर्देशन दिए।

प्रदेशमा भएका कतिपय दुर्घटनाको सही अनुसन्धान हुन सकेको छैन। क्यामेराले अपराध न्युनिकरणमा मद्दत पुग्ने प्रदेश प्रहरी प्रमुख सुरेन्द्र विक्रम शाहले बताए। प्रदेशमा पछिल्लो समय विप्लप नेतृत्वको नेकपाको गतिबिधि बढ्दो अवस्थामा छ। सीमा क्षेत्रबाट हुने हतियार अन्य वस्तुको तस्करी रोक्न मद्दत पुग्नेछ।

प्रदेश प्रहरी गठन भएपछि गर्नुपर्ने पूर्वाधार निर्माणको तयारी सरकारले थालेको हो। अहिले प्रदेशको प्रहरी मुख्यालय दाङमा रहेको छ। त्यसलाई रुपन्देहीमै ल्याउने तयारीसमेत गरिएको छ। सो कार्यालय भैरहवा राख्ने कि बुटवलमा भन्ने अझै निक्र्यौल भएको छैन। बुटवलमा सरकार र दाङमा प्रहरी नेतृत्व हुँदा सुरक्षा समन्वयमा समस्या भइरहेको प्रहरी अधिकृतले बताउँदै आएका छन्। प्रदेश ५ मा प्रहरी जनशक्ति पनि आवश्यकता अनुसार हुन सकेको छैन। प्रहरी ऐन बनाएपछि त्यसको व्यवस्थापन समेत प्रदेशबाटै हुनेछ। संविधानतः प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरो राख्न सकिने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.