त्रिचन्द्र क्याम्पस १०२ वर्षमा प्रवेश

त्रिचन्द्र क्याम्पस १०२ वर्षमा प्रवेश

काठमाडौं : त्रिचन्द्र वहुमुखी क्याम्पस १०२ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा घण्टाघरस्थित क्याम्पस परिसरमा बिहिबार विशेष कार्यक्रम आयोजना गरिएको हो।

तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विस १९७५ मा यो कलेजको स्थापना गरेका थिए। मुलुकमा उच्च शिक्षा दिने उद्देश्यले उनले यो कलेज खोलेका थिए। कलेज स्थापना गरेपछि चन्द्र शमसेरले 'म आफैले आफ्नो खुट्टाम बञ्चरो हान्दैछु' भन्ने भनाइ निकै लोकप्रिय भएको थियो।

अहिले यो कलेजमा विहानी, दिवा र बुलुकी सिफ्टमा गरेर ११ हजार विद्यार्थीले अध्ययन गरिरहेकाे सहायक क्याम्पस प्रमुख मिना गुरुङले बताइन्। वार्षिकोत्सव कार्यक्रममा उनले भनिन्, ‘तर भौतिक संरचना जिर्ण छ। यी जिर्ण भवन निर्माणमा सरकारले सहयोग गरिदिए हुन्थ्यो।’

कार्यक्रममा त्रिविकी शिक्षाध्यक्ष प्राध्यापक डा.सुधा त्रिपाठीले क्याम्पसको विकासका लागि विश्वविद्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.