दिवस मनाउनुको सार्थकता

दिवस मनाउनुको सार्थकता

धान दिवसको अवसरमा असार १५ मा धानको बीउको माला लगाउने र शरीरका विशेष अंग धानको बीउले छोप्नुको अर्थ के ? गमलामा धान रोपेर हरित क्रान्तिको सपना बाँड्नेसँग कस्तो प्रगति अपेक्षा गर्ने ? दिनदिनै मनपरीसँग रूखबिरुवा काटेर कसरी वातावरण दिवस भव्य र सफल होला ? टोपी दिवसको दिन टोपी लगाएर देशभक्त हुन सकिएला र ? राजनीतिक नेतृत्वबाट यस्ता हर्कत हुँदा दिवसको उपहास भइरहेको छ।केही दिन बिराएर एउटा न एउटा दिवस पर्ने गर्छ। एक वर्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर धेरै दिवस पर्छन्।

 दिवस भनेपछि सबैलाई भित्ते पात्रो हेरेर बस्न मन लाग्छ। अरू केही नगरे पनि हरेक दिवसमा केही नयाँ प्रकृतिका कामकुरा राखेर सोसल मिडिया रंगीन बनाउन मनपर्छ। दिवस किन मनाउने भन्ने विषयमा केही चासो हुँदैन। दिवस मनाएर कति परिमाण र कति परिणामको उपलब्धि हासिल भयो भन्नेबारेमा मापन हुँदैन। हामी दिवस मनाउनुमा मात्रै व्यस्त हुन्छौं। प्रधानमन्त्रीदेखि लिएर सबै मन्त्रीलगायत सर्वसाधारण नागरिकलाई दिवस मनाउन अभ्यस्त हुने बानी परेको छ।

दिवस मनाउनु राम्रो हो। तर कसरी मनाउने भन्ने कुराले विशेष महत्व राख्छ। चर्चाकै लागि, अरूको वाहवाही पाउनकै लागि मात्र हामीले दिवस मनाउने संस्कार विकास गर्दै छौं। प्रमुख खाद्यान्न बाली धान हो। सबै खेत बाँझो राखेर एक दिन धान दिवस मनाउँछौं। कहिल्यै धान नरोप्ने, धानको ब्याड कस्तो हुन्छ र कसरी तयार पारिन्छ भन्ने थाहा नहुनेहरुले धान दिवस मनाउँछन् चर्चाका लागि भने त्यसको के अर्थ रह्यो र ? प्रमुख खाद्यान्न बाली नै सबैभन्दा बढी आयात गर्नुपर्छ भने धान दिवस मनाउनुको सार्थकता कति ?

धान दिवसले समाज र देशलाई धानमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने हैसियतमा पुर्‍याओस्। भूमिलाई जथाभावी टुक््रयाउन नपाउने कानुन बनोस्। सबैमा जमिन बाँझो राख्न हुन्न भन्ने सोच, विचार र शैली विकास होस्। दिवस मनाइरहँदा सबैका अनुहारमा मित्रराष्ट्रबाट आयातीत गुणस्तरहीन चामलको हस्को नआओस्। स्थानीय चामलको पौष्टिकताले सबैको शरीर पुष्ट बनून्। तब मात्र धान दिवस मनाउनुले तात्विक अर्थ राख्छ। त्यस्तै मुटु दिवसले हरेक वर्ष मुटुका रोगी कम गराउन सकोस्।

धूममान र मद्यपानरहित दिवसले धूमपान र मध्यपान गर्नेको संख्या निकै कम बनाउन सकोस्। क्षयरोग दिवसले क्षयरोग उन्मूलन गर्न सकोस्। निजामती सेवा दिवसले सबै निजामती कर्मचारीलाई सबल र सक्षम बनाएर भ्रष्टाचारलाई शून्य बनाउन पहल गरोस्। बाल दिवसले बालबालिकाको हकहितको ग्यारेन्टी गर्दै बाल श्रमको पूर्ण उन्मूलन गर्न सकोस्। महिला दिवसले महिलाको सर्वांगीण विकास गर्दै लैंगिक विभेद अन्त्य गरोस्।

एक दिन विश्व मानव अधिकार दिवसमा उपस्थित भएर चर्का भाषण गर्दैमा यसले कुनै उपलब्धि हासिल गर्न सक्दैन।

हामीभित्र दिवस मनाउने संस्कार र सोचमै कमीकमजोरी छ। कुनै पनि योजनाविहीन र लक्ष्यविहीन दिवस मनाउन हामीलाई कसले सिकायो ? हरेक वर्ष मनाइने दिवसले कति सफलता हासिल गर्‍यो ? हामी यसतर्फ किन सोच्दैनौं ? एक दिन संविधान दिवस मनाउँछौं। अरू दिन त्यही संविधान कार्यान्वयन गर्दैनौं। दिवस परेका दिन लोकतन्त्रका र गणतन्त्रका मीठा नारा लगाएर सबैलाई हर्षित बनाउँछौं। अन्य सबै दिन लोकतन्त्रविरोधी क्रियाकलापमा आफूलाई व्यस्त बनाउँछौं। यी र यस्तै प्रकृतिका दिवस मनाउने प्रचलनले हाम्रो सार्थकता पुष्टि गर्न सकेको छैन। हामी त एक दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछौं अनि तीन सय ६४ दिन महिलालाई विभेद र हिंसा गर्छौं। दिवस मनाउनुले त उपलब्धि हाँसिल गर्न सक्नुपर्छ। तथ्यांकमा फरक पार्न सक्नुपर्छ। व्यवहारमा फरक पार्न सक्नुपर्छ। मातृभाषा दिवसले सबैलाई आफ्नो मातृभाषामा बोल्न र लेख्न सक्ने बनाओस्। उपभोक्ता अधिकार दिवस मनाइसकेपछि कुनै पनि उपभोक्ता ठगिने र मर्कामा पर्ने परिपाटी अन्त्य बनाउन सकोस्। खुसी दिवसले हरेक नागरिकलाई वर्षभरि नै खुसी बन्ने वातावरण निर्माण गर्न सकोस्। विश्व पानी दिवसले पानीको उचित उपयोग र उपभोग गर्न सिकाओस्।

त्यस्तै निरपेक्ष गरिबी घटाउन सकियो भने गरिबी न्यूनीकरण दिवस मनाएको सार्थकता रहन्छ। सबैतिर चर्पीको व्यवस्था गरिएको र सबैले चर्पीमै गएर दिसापिसाब गरे भने विश्व चर्पी दिवस मनाउनुको सार्थकता रहन्छ। विश्वका सबै नागरिकले आधारभूत स्वास्थ्य सुविधा निःशुल्क पाउन सके भने विश्व स्वास्थ्य दिवस मनाउनुको सार्थकता रहन्छ। सर्वसाधारण मानिसको बेचबिखन पूर्णतः रोकियो भने मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउनुको सार्थकता रहन्छ।

दिवस मनाउनुको प्रमुख उद्देश्य हुनुपर्छ। सम्बन्धित दिवसले त्यससम्बन्धी भएका नराम्रा पाटा हटाएर÷घटाएर उपलब्धि हासिल गर्नु हो। छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउनु ठूलो होइन। सुरुमा आफूभित्र छुवाछूत नगर्ने÷नगराउने मानसिकता विकास गर्नु महत्वपूर्ण हुन्छ। एक दिन विश्व मानव अधिकार दिवसमा उपस्थित भएर चर्का भाषण गर्दैमा यसले कुनै उपलब्धि हासिल गर्न सक्दैन। सबैमा सबैलाई मानव उचित व्यवहार गर्न र गराउन सिकाइयो भने मात्र मानव अधिकार दिवसले उचित उपलब्धि हासिल गर्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.