रवि लामिछानेको बयान सोमबार : आज अस्मिताको मात्र

रवि लामिछानेको बयान सोमबार : आज अस्मिताको मात्र

चितवन : चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा  पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग सोमबार मात्र बयान लिने भएको छ। 

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो। सुरुमा अस्मिताको बयान लिइएको छ। ‘आइतबार अस्मितासँग बयान लिइएको छ’, श्रेस्तेदार गिरीले भने, ‘रवि लामिछाने र युवराज कँडेलको बयान समय अभावले आज हुन सकेन।’ उनका अनुसार उनीहरुको बयान सोमबार हुनेछ। बयानपछि थुनछेक बहस हुनेछ। 

बयानका क्रममा अस्मिताले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् । उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन् । अदालतको आदेश नआएसम्म तिनै जनालाई न्यायिक हिरासतमा राखिने छ । 

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र अस्मिताविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो। 

मुद्दा दर्ता हुनुअघि पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दीपक रेग्मीले सम्पूर्ण अनुसन्धान गरेर फाइल बुझाएको बताए। यो मुद्दाको चितवन प्रहरी र सीआईबीको टोलीले अनुसन्धान गरेको हो। 

बयान सकिएपछि थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। रविका समर्थकले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन्। आइतबार पनि भरतपुरमा प्रदर्शन गरेका छन्। 

पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए। गत वर्ष भाद्र १ गतेदेखी लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको मुद्धा प्रमाणित भएमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ। 

लामिछाने, कँडेल र कार्की साउन ३० गते राजधानीबाट पक्राउ परेका हुन्। पुडासैनीले आत्महत्याअघि कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.