भिनाजुको हत्या गरी सालोले गरे विष खाएर आत्महत्याको प्रयास

भिनाजुको हत्या गरी सालोले गरे विष खाएर आत्महत्याको प्रयास

इटहरी : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा सालोले भिनाजुको हत्या गरेका छन्। भिनाजुको मृत्युपछि सालाले समेत विष खाएर आत्महत्या प्रयास गरेका छन्। भोक्राहा नर्सिङ ५ का ४५ वर्षीय बहाव मियाँलाई सालो २५ वर्षीय नुरताज मियाँले घाँटीमा छुरी प्रहार गरेका थिए। गम्भीर घाइते बहावको उपचारका क्रममा आइतबार बेलुका ज्यान गएको छ।

भिनाजुलाई छुरा प्रहारपछि घर पुगेका सालो नुरताजले पनि विषादी खाएर आत्महत्या प्रयास गरेका थिए। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। गत भदौ ८ गते राति सँगै बसेर होटलमा रक्सी खाएका दुवै घर जान भनेर हिँडेका थिए। सँगै बसेर रक्सी खाइसकेपछि नहरै नहरको बाटो साइकलमा सँगै फर्किँदै गरेका उनीहरुबीच राति झगडा भएको थियो। नजिकैको धानखेत माडिएकोले कुस्ती नै परेको हुनसक्ने प्रहरीले जनाएको छ। 

सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलका अनुसार झगडाका क्रममा नुरताजले बहावमाथि चक्‍कु प्रहार गरेका थिए । विष खाएपछि उपचारत् नुरताजको अवस्था सामान्य रहेको बताइएको छ। 

दुवैबीच लेनदेनको विषयमा झगडा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.