प्रशंसकदेखि हैरान आइन्स्टाइन

प्रशंसकदेखि हैरान आइन्स्टाइन

–प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन (सन् १८७९–१९५५)  जर्मन नागरिक थिए। जर्मनीमा यहुदीविरोधी नाजी सत्ता स्थापित भएपछि उनी सन् १९३३ मा अमेरिका गए। अमेरिकामा उनी असाध्यै लोकप्रिय थिए। उनको सापेक्षता सिद्धान्तमा आधारित भएर त्यहाँ थुप्रै किताब र नाटक लेखिए। उनी जहाँ गए पनि प्रशंसकले घेरिहाल्थे। उनको कपाल र अनुहारका कारण उनलाई जसले पनि चिन्थ्यो। सडकमा हिँडिरहँदा उनलाई मान्छेहरू अभिवादन गर्थे र ‘तपाईंको सापेक्षता सिद्धान्तबारे बताउनुस् न’ भन्ने गर्थे। 

आइन्स्टाइन आफ्ना प्रशंसकका कारण हैरान हुन थालेका थिए। अति भएपछि उनले एउटा जुक्ति निकालेका थिए। सडकमा जसले उनलाई ‘मिस्टर आइन्स्टाइन’ भनेर कुराकानी सुरु गथ्र्यो, उनी उसलाई भन्ने गर्थे, ‘माफ गर्नुहोला, तपाईं झक्किनुभयो। म आइन्स्टाइनजस्तो देखिन्छु मात्रै। असली आइन्स्टाइन होइन म।’ सडकमा हिँडिरहँदा यो जुक्ति कैयौँ पटक लगाएर उनले प्रशंसकबाट मुक्ति पाएका थिए। 

–दोस्रो विश्वयुद्धपछि लगत्तै सुरु भयो, शीतयुद्ध। त्यतिबेला युरोप, रुस र अमेरिकामा छ्यापछ्यापती जासुस हुन्थे। दुश्मन देशको जासुस पत्ता लगाउन र पक्रिन अनेक उपाय लगाइन्थे। तीमध्ये जासुसलाई खास शब्द भन्न लगाउने एउटा उपाय थियो। डेनमार्कमा कोही विदेशी जासुस भएको शंका लाग्यो भने उसलाई ‘रोदग्रोद मेद फ्लोदे’ भन्ने प्रचलित मिठाईको नाम भन्न लगाइन्थ्यो। 

डेनिसबाहेक अरू भाषीलाई यो शब्द उच्चारण गर्न कठिन हुन्थ्यो। शुद्ध उच्चारण गर्न नसक्ने जासुस भएको प्रस्ट हुन्थ्यो। त्यस्तै, दोस्रो विश्वयुद्धताका अमेरिकी सेनाले जापानी जासुसलाई पक्रन ‘लोल्लापालुजा’ भन्ने शब्द प्रयोग गथ्र्यो। जापानीलाई यो शब्द उच्चारण गर्न कठिन हुन्थ्यो। उनीहरू ‘ल’लाई ‘र’ भन्ने गर्छन्। अनेक उपाय लगाएर भेष बदले पनि जब ‘लोल्लापालुजा’ भन्नुपथ्र्यो, जापानी जासुसको हावा खुस्किन्थ्यो। उसको मुखबाट ‘रोर्रापारुजा’ निक्लिन्थ्यो। र, यसरी ऊ अमेरिकी सेनाको फन्दामा पथ्र्यो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.