क्रिकेटमा गेलको लगाव
![क्रिकेटमा गेलको लगाव](https://annapurnapost.prixacdn.net/media/albums/gayle_20190326013449_EGr7gY80Vy.jpg)
क्रिस गेलको जन्म सन् १९७९ मा जमैकामा भएको थियो। उनी विश्वप्रख्यात क्रिकेट खेलाडी हुन्। उनी वेस्टवेन्डिजको राष्ट्रिय टिमअन्तर्गत खेल्छन्। उनी देब्रे हाते ब्याट्सम्यान हुन्।
उनको पूरा नाम क्रिस्टोफर हेनरी गेल हो। उनको मध्यमवर्गीय परिवार थियो। उनी आफ्ना बाबुआमाका छैटौं सन्तानमध्ये पाँचौं हुन्। क्रिस सानैबाट शान्त स्वभावका थिए। खेलमा पनि उनको त्यो स्वभाव देख्न सकिन्छ।
उनका बाबुआमाले छोराछोरीलाई हुर्काउने क्रममा धेरै आर्थिक संकट भोग्नु परेको थियो। उनका बुवा डुड्ले गेल प्रहरी थिए भने उनकी आमाले घर चलाउनका लागि बदाम बेच्ने काम गर्थिन्।
उनको परिवारको क्रिकेटसँग कुनै सम्बन्ध थिएन। उनको हजुरबुवाले क्रिकेटको बारेमा अलिअलि जानेका थिए। उनले युवा अवस्थाका दिनहरूमा क्लब क्रिकेट खेल्न थाले। यसपछि गेल क्रिकेटप्रति आकर्षित हुन थाले।
उनको ठूलो परिवार थियो। साँझ बिहान खान पुग्दैनथ्यो। कुनै समयमा उनले आफ्नो परिवारलाई सहयोग गर्नको लागि चोरी पनि गरेका थिए। कवाडी सामान र फोहोर पनि उठाउने काम गर्थे। उनी पढाइमा खासै राम्रा थिएनन्। त्यसपछि उनले आफ्नो सबै ध्यान क्रिकेटमै केन्द्रित गरे। उनले एक्सेलसियर हाइस्कुल जमैकाबाट स्नातक पूरा गरे। त्यसपछि १९ वर्षको उमेरमा उनी स्थानीय जमैकन क्रिकेट क्लब ‘लुकास क्रिकेट क्लब’मा जोडिए।
सुरुआती वर्ष उनको लागि परिवर्तनकारी वर्ष बन्यो। त्यतिबेला उनलाई क्रिकेटको बारेमा धेरै बुझ्ने पनि मौका मिल्यो। उनी स्थानीय टिममा खेल्दाखेल्दै त्यहाँका कोचहरूको ध्यान उनीप्रति केन्द्रित भयो। सन् १९८८ मा वेस्टइन्डिज युथ इन्टरनेसनल टिमसँग उनी जोडिए। उनले सन् १९९८ वन डे अन्तर्राष्ट्रिय म्याचमा भारतको विरुद्धमा खेले। वन डे म्याच खेलेको ६ महिनापछि नै उनलाई टेस्ट म्याच खेल्ने मौका मिल्योे।
सन् २००५ मा उनको मुटुमा प्वाल भएको आशंका गरियो। मुटुको शल्यक्रियापछि उनी अझै बलिया खेलाडीको रूपमा प्रस्तुत भए। सन् २००६ मा च्यापियन ट्रफीमा उनको प्रदर्शनका कारण ‘प्लेयर अफ द च्याम्पियन’ को ट्रफी पनि उनलाई दिइयो। सन् २००७ मा आईसीसी वल्र्ड टी ट्वान्टीमा उनले साउथ अफ्रिकको विरुद्ध एक सय १७ रन बनाएर टी ट्वान्टी खेलमा शतक बनाउने विश्वको पहिलो ब्याटस्म्यान बने। उनको यो रेकर्ड पाँच वर्षसम्म कायम रह्यो।
गेलले अहिले भर्खरै भारतविरुद्धको टेस्ट म्याच खेलिसकेपछि सन्न्यास लिने हल्ला चलेको थियो। अन्तिम खेलमा गेल आउट पनि भए। आउट भएपछि उनलाई मैदानमा प्रतिद्वन्द्वीले अंकमाल गरे। माहोल बिदाइको जस्तै भयो। उनका समर्थक भावुक भए। तर पछि पत्रकार सम्मेलनमा मैले सन्न्यास लिएको छैन भनेर उनले सुनाए। अहिले गेल सर्वाधिक रन बनाउने खेलाडीमध्ये पर्छन्। उनी सबैभन्दा धेरै आईपीएल रनको रेकर्ड बनाउने खेलाडी पनि हुन्।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)