बुबाआमाले गाली गरेपछि बालकले गरे आत्महत्या

बुबाआमाले गाली गरेपछि बालकले गरे आत्महत्या

वीरगन्ज : बुबाअमाले गाली गरेकै निहुमा १४ वर्षे बालकले आत्महत्या गरेका छन्।  वीरगन्ज महानगरपालिका-२०स्थित अपौनीका गोविन्दप्रसाद चौरसीयाले सोमबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन्।

गोविन्द घरभित्रको बलोमा झुण्डिरहेको देखेपछि उनका बुवाले पासो खोलेर उपचारका लागि नारायणी अस्पताल पुयाएका थिए। अस्पताल पुर्‍याएपछि पनि चिकित्सकले गोविन्दलाई मृत घोषणा गरेका थिए।

बालकको शव मंगलवार नारायणी अस्पतालमा पोष्टमार्टम गरी अभिभावकको जिम्मा लगाइएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। 

प्रहरी उपरीक्षक राठौरले बुबाआमाले गाली गरेपछि आक्रोशमा आएर गोविन्दले आत्महत्या गरेको बताए।

जिद्धी, पढ्न रुची नदेखाउने र भनेको कुरा पनि नमान्ने स्वभाव गोविन्दको रहेको अभिभावले प्रहरी समक्ष बताएका छन्। सोमबार भनेको नमानेपछि बुबाआमाले उनलाई गाली गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.