प्रश्‍नपत्र नेपालगञ्‍जमै थन्किएपछि बीएड प्रथम वर्षको परीक्षा अन्योलमा

प्रश्‍नपत्र नेपालगञ्‍जमै थन्किएपछि बीएड प्रथम वर्षको परीक्षा अन्योलमा

डोल्पा : हवाई उडान अवरुद्ध हुँदा डोल्पामा बीएड प्रथम वर्षको परीक्षा अन्योलमा परेको छ। प्रश्नपत्र नेपालगञ्जबाट हवाई मार्ग हुँदै ल्याइने भएकाले बीएड तेस्रो वर्षका सयभन्दा धेरै परीक्षार्थी आत्तिएका छन्। 

डोल्पो क्याम्पसमा शुक्रबार दिउँसो १२ बजेबाट सुरु हुने बीएड प्रथम वर्षको परीक्षाका लागि प्रश्न पत्र नपुगेपछि विद्यार्थीलाई नआत्तिन क्याम्पस प्रमुख धनन्जय सुबेदीले आग्रह गरेका छन्।

डोल्पाको मौसममा आएको खराबी कारण जहाजले उडान भर्न नसक्दा प्रश्नपत्र नेपालगञ्जमै थन्किएका हुन्। प्रश्नपत्र नपुगेपछि परीक्षार्थी‍ चिन्तित भएका छन्। जहाजबाट परीक्षा नियन्त्रण कार्यालयले पठाएका प्रश्नपत्र नपुगेपछि परीक्षा नियन्त्रण कार्यालयले जिल्ला प्रशासनमा इमेल गरेर परीक्षा सञ्चालन गर्ने जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार १२ बजे भन्दा केही समयअघि जिल्ला प्रशासनको इमेलमा प्रश्न पत्र आउने र सम्बन्धित निकायको रोहोबरमा प्रश्नपत्र निकालेर परीक्षा संचालन गरिने बताए।

परीक्षा नियन्त्रण कार्यालयसँग समस्याका बारेमा सहकार्य भएकाले परीक्षा समयमा हुने प्रजिअ केशरीले बताए।  पहिलो दिन फाउण्डेशन एण्ड हेल्थ एजुकेशन विषयको परीक्षामा लिकु सयुंक्त क्याम्पसबाट २५ जना डोल्पो क्याम्पसबाट नियमित ५४ जना र अन्य गरि करिब १ सय जना परीक्षार्थी सहभागी हुने क्याम्पस प्रमुख धनन्जय सुवेदीले जानकारी दिए ।

मौसम खराबीका कारण डोल्पाबाट नेपालगञ्ज र नेपालगञ्जबाट डोल्पा आउने यात्रुहरु अलपत्र परेका छन। डोल्पाको जुफाल बिमानस्थलमा तारा, गोमा ,सिता र नेपाल एयरले उडान भर्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.