जिप दुर्घटनामा तीन घाइते

जिप दुर्घटनामा तीन घाइते

डोल्पा : डोल्पामा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। त्रिपूरा सुन्दरी नगरपालिकाको सूपानीबाट सदरमुकाम दुनै आउँदै गरेको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका हुन्। 

दिउँसो पौने २ बजेको समयमा सूपानीबाट १० जना यात्रु बोकेर दुनै आउँदै गरेको भे १ ज ९७४ नम्बरको जिप रुपगाड खोलामा दुर्घटना भएको हो ।

१० जना यात्रु बोकेर आएको जिप रुपगाडमा ब्रेक फेल भएर १० मिटर तल खोलाभित्र परेको छ। दुर्घटनामा परेका ३ जना घाइतेमध्ये २ जनाको सामान्य उपचारपछि घर पठाइएको र एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। घाइते पित्रपूरा सुन्दरी नगरपालिका ५ का ५४ वर्षीय नरबहादुर रोकायाको उपचार भइरहेको हो।

जिपका चालक धर्मजित बुढाले जिपको ब्रेक फेल भएपछि साघुरो बाटोमा जिप खोलामा झरेको बताएको प्रहरीले जानकारी दिएको छ। 

जिप दुर्घटनामा ठूलो मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । हालसम्म उक्त सड्कमा दर्जन बढी दुर्घटना भइसकेका छन्। दुर्घटनामा १८ जनाको ज्यान गइसकेको छ। सबैभन्दा ठूलो दुर्घटना गएको कार्तिक १९ गते भएको थियो।त्यतिबेला ११ जनाले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.