शैलजा आचार्य स्मृतिका कर्मचारी आन्दोलित

शैलजा आचार्य स्मृतिका कर्मचारी आन्दोलित

विराटनगर : शैलजा आचार्य स्मृति पोली टेक्निकलका कर्मचारी तथा प्रशिक्षक आन्दोलित भएका छन्। नेपाल सरकारले निर्धारण गरेको तलब, सेवा र  सुविधाको माग गर्दे उनीहरु शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
 
कृष्णप्रसाद कोइराला सेवा गुठी भवन र सीटीभीटीको संयुक्त साझेदारीमा सञ्चालित  पोली टेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारी सरकारले तोके अनुसार तलब, भक्तासहित सुविधा नपाएको भन्दै विगत चार दिनदेखि आन्दोलित छन्। 

जाहदा ४ स्थित शिशवनीमा सञ्चालित टेक्निकलमा कार्यरक्त ७० प्रशिक्षक र कर्मचारी कार्यरक्त रहेका छन् । उनीहरुले शुक्रबारदेखि सोमबारसम्म पेनडाउन गर्नुको साथै भदौ ४ गतेदेखि कालो पट्टी बाँधेर विरोध गर्ने, २५ गतेदेखि सम्पूर्ण प्रशासनिक कार्यालयमा तालाबन्दी गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन्। कर्मचारीहरुले गरेको पेनडाउनले त्यहाको अध्यापन समेत प्रभावित बनेको छ।  
 
पटकपटक व्यवस्थापन समिति र प्रचार्यलाई सरकारले बढाएको तलव वृद्धि गर्न ध्यानाकर्षण गराए पनि कुनै सुनवाइ नभएपछि शुक्रबारदेखि आन्दोलनमा उत्रिएको नसिङ्ग प्रशिक्षक शशीकला तिवारीले जानकारी दिइन्।

उनले नेपाल सरकारले २०७३÷७४ मा कर्मचारीको तलव २५ प्रतिशत बढाएकोमा शैलजा अचार्य स्मृति पोली टेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारीको तलवमा वृद्धि नगरी भत्तामा मात्र २० प्रतिशत गरेको उनीहरुको आरोप छ। 

प्रशासनले भने एक वर्षको लागि दिइने नियुक्ति पत्रमै उल्लेख गरिदिने भन्दै तलब वृद्धिमा आलटाल गरेको प्रिन्सिपल सुनिता राउतको भनाइ छ। काम गरे वापत पाउने सेवा सुविधाको बारे बुझ्न जाँदा काम गर्ने मन छैन भने नगर्नु  भन्दै धम्की दिने गरेको उनले बताइन्। 

कर्मचारी तथा प्रशिक्षकले  सम्पूर्ण तलव सेवा सुविधा सरकारी नियम अनुसार दिनुपर्ने, नियमित र अन्य प्रशिक्षकको सुविधामा महगी भक्ता  र लुगा भक्त दिनु पर्ने, गत वर्षदेखि  अनिवार्य रुपमा गर्नुपर्ने भनिएको सञ्चय कोषमा जम्मा हुनुपर्ने रकम वर्तमान सेवा सुविधाबाट नभई अगामी वृद्धि हुने तलबबाट हुनुपर्ने,  जीवन बिमा र दुघर्टना बिमाको सुविधा गर्नु पर्ने, ग्रेड वृद्धि पनि सरारी नियम अनुसार तह अनुरुप कायम गर्न माग अघि सारेको छ। कर्मचारीले आन्दोलन सुरु गरेपछि अहिलेसम्म नियुक्तिपत्रसमेत पाएका छैनन्। 

शैलजा अचार्य स्मृति पोली टेक्निकल संञ्चाल समितिका सदस्य मोहनलाल महतोले  सरकारले निर्धारण गरेको अधारभूत तलव दिने गरेको बताए। उनले सीटीभीटीको केही सहयोग र विद्यार्थीको भर्ना वापत जम्मा हुने रकमले नै कर्मचारी र प्रशिक्षकको तलव र सुविधा दिनु पर्ने भएकाले  आम्दनी अनुसार तलव र सुविधा दिने उनको दाबी छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.