सरकारी सवारीको दुरुपयोग

सरकारी सवारीको दुरुपयोग

महादेव अवस्थी

महेन्द्रनगर : कार्यालयको काम बाहेकमा सरकारी सवारी प्रयोग गर्न नपाइने नियम भएपनि महेन्द्रनगरका विभिन्न सरकारी कार्यालयका सवारी व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने गरेको पाइएको छ ।

शनिबार महेन्द्रनगरको एक कार्यालयको बा २ ब ८६२२ र म १ ब २३० नम्बरको मोटरसाइकल भारतीय शहर बनबासामा भेटिएको छ । उक्त मोटरसाइकलमा घरायसी प्रयोजनका लागि सामान ल्याउदै गरेको पाइएको हो ।

पछिल्लो समय यहाँका विभिन्न सरकारी कार्यालयका सवारी व्याक्तिगत प्रयोजनका लागि प्रयोग हुने गरेको स्थानीयको भनाइ छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले सरकारी काममा शनिबारको दिन पास लिएर मात्र प्रयोग गर्न पाइने बताए । उनले व्याक्तिगत प्रयोजनमा सरकारी सवारी प्रयोग गर्न नपाइने बताउदै प्रयोग गरिएको भेटिए प्रहरीले नियन्त्रणमा लिनसक्ने बताए ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.