लक्ष्मी बैंक र लक्ष्मी केयरको 'दिग्गजमा समर्पित' वार्षिक कार्यक्रम
काठमाडौं : लक्ष्मी बैंक र लक्ष्मी केयरले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगीतिक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारको उपस्थिति रहेको थियो । कोष स्थापनाका लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ ।
यी विद्युतीय गाडीको प्रयोग वृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्ता कार्यक्रम संचालन गर्ने बताएको छ।
लक्ष्मी क्यरर्स
लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो । यसले आफ्नो स्थापना वर्षदेखि ग्रीन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरताजस्ता क्षेत्रहरुमा सक्रियरुपमा कार्य गर्दै आइरहेको छ ।
संस्थाअन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानमा सौर्य बत्ती जडान समेत गरेको छ । पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था गरेको छ।