ज्यान मुद्दाका आरोपी २० वर्षपछि पक्राउ
![ज्यान मुद्दाका आरोपी २० वर्षपछि पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/meet-badhur-ragmi_20190917102813_Q1rYaVwxIq.jpg)
स्याङ्जा : सवारी ज्यान मुद्दाका आरोपी २०वर्षपछि पक्राउ परेका छन् । स्याङ्जाको विरुवा गाउँपालिका १ का ५२ वर्षीय मिनबहादुर रेग्मी २० वर्षपछि पोखराबाट पक्राउ परेका हुन् ।
जिल्ला अदालत धादिङले २०५६ साल मंसिर २६ गते सवारी ज्यान मुद्दामा रेग्मीलाई ४ वर्ष ८ महिना १६ दिनको कैद र ४ हजार ५ सय रुपैंया जरिवाना तोकेको थियो । त्यसपछि फरार रहेका उनी पोखरामा लुकिछिपी बसेको भन्ने थाहा पाएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
जिल्ला अदालत स्याङ्जाले तोकिएको सजाय भुक्तानको लागि सोमबार नै जिल्ला कारागार स्याङ्जा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)